×

राजनीति

आज २६ औं‌ जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज २६ औं‌ जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
काठमाण्डौ -आज २६ औं जनयुद्ध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा तत्कालीन माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ । सहिद स्मृति तथा सम्मान कार्यक्रमको ब्यानरमा दिवस भव्यरुपमा मनाउन सबै तहमा आग्रह गरिएको नेकपाको प्रचण्ड–नेपाल समूहले आग्रह गरेको छ । नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओव...

कटौती भएका चाडपर्वमा विदा दिन्छौं : गृहमन्त्री

कटौती भएका चाडपर्वमा  विदा दिन्छौं : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा शुक्रबार काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषदबाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरे । सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न ...

रिहा सगै झाक्रीले भनिन : प्रतिगमन झुक्यो

रिहा सगै झाक्रीले भनिन : प्रतिगमन झुक्यो
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् । बिहीबार दिउँसो १ बजे आफ्नै निवास काठमाडौंको शंखमुलबाट पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट भएको दबाबलाई सरकारले थेग्न नसकेको बताइन् ।

‘डन’ शैलीमा प्रचण्डलाई अनौठो सुरक्षा

‘डन’ शैलीमा प्रचण्डलाई अनौठो सुरक्षा
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड आज करिब पाँच सय मिटर पैदल हिँड्नुभएको छ । उहाँको समूहले आयोजना गरेको विरोध जुलुसमा काठमाडौंको सुन्धाराबाट पूरानो बसपार्क छेउको दोबाटोसम्म उहाँ पैदल हिँड्नुभएको हो ।प्रचण्डसँगै सो समूहका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि पैदल हिँड्नुभएको छ । त्यति बाटो पैदल हिँड्न प्रचण्डलाई ठूलो सुरक्षा दिइएको थियो । प्रचण्डको सबैभन्दा अगाडि पचास जना जति प्रहरीको दस्ता थियो । सो दस्तापछि जनयुद्धकालीन लडाकूहरुको नेतृत्वमा युवा दस्ता थियो । त्यसपछि विगत ...

आधिकारिकताको विवादमा खेलाँची नगर्न आयोगलाई प्रचण्डको धम्की

आधिकारिकताको विवादमा खेलाँची नगर्न आयोगलाई प्रचण्डको धम्की
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता विवादमा खेलाँची नगर्न निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने भन्दै उनले खुट्टा नकमाउन सचेत गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएपछि आयोगले गतिलो लक्षण नदेखाएको भन्दै उनले ३० दिने हदम्याद काइते तर्क मात्र भएको बताए । प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड निर्वाचन आयोगका कोह...

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख मानिस उतार्ने दाबी

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख मानिस उतार्ने दाबी
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न प्रचण्ड-माधवले गर्नेछन् । विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुल...

प्रचण्ड नेपाल समूहको प्रदर्शन भोलि : २ लाख मान्छे उर्ताने दावी

प्रचण्ड नेपाल समूहको प्रदर्शन भोलि : २ लाख मान्छे उर्ताने दावी
काठमान्डौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहले भोलि (बुधबार) प्रतिनिधि सभा विघटन विरुद्ध प्रदर्शन गर्दैछ । काठमाडौंमा हुने उक्त जनप्रदर्शनमा २ लाखभन्दा बढी मान्छे उर्ताने प्रचण्ड-नेपाल समुहले दाबी गरेको छ। प्रचण्ड-नेपाल समूहको आज बसेको सचिवालय बैठकले बुधबारको विरोध सभाको सबै तयारी पूरा भएको समेत निष्कर्ष निकालेको छ। हाम्रो विरोध प्रदर्शन र जनसभाको तयारी उल्लेख्य रूपमा भएको छ। जनताको उत्साहजनक सहभागिता रहने निष्कर्ष निकालेका छ वरिष्ठ नेता झलनाथ खनालले भने...

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने : मैले सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने : मैले सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन
काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बहादुर भवन पुगे । त्यहाँ निर्वाचन आयोगका पदाधिकारीले अहिलेसम्म भएको तयारीबारे ब्रिफिङ मात्र गरेनन्, बजेट र बन्दोबस्तीका सामान लगायतको आवश्यकताबारे पनि जानकारी गराए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गरेका छन् । के प्रधानमन्त्री ओली आफैं निर्वाचन आयोगमा पुग्नु ...

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्व...