×

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड आज करिब पाँच सय मिटर पैदल हिँड्नुभएको छ । उहाँको समूहले आयोजना गरेको विरोध जुलुसमा काठमाडौंको सुन्धाराबाट पूरानो बसपार्क छेउको दोबाटोसम्म उहाँ पैदल हिँड्नुभएको हो ।प्रचण्डसँगै सो समूहका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि पैदल हिँड्नुभएको छ ।

त्यति बाटो पैदल हिँड्न प्रचण्डलाई ठूलो सुरक्षा दिइएको थियो । प्रचण्डको सबैभन्दा अगाडि पचास जना जति प्रहरीको दस्ता थियो । सो दस्तापछि जनयुद्धकालीन लडाकूहरुको नेतृत्वमा युवा दस्ता थियो । त्यसपछि विगत जनयुद्धका कमाण्डरहरुद्धारा तालिम दिइएका युवाहरुको दस्ताले यसरी हात समातेर लाइन लगाएर सुरक्षा घेरा बनाएका थिए ।

प्रचण्डको ठिक पछाडिपट्टि प्रहरीको कडा सुरक्षा थियो । प्रचण्डको वरिपरिका यी मानिसहरु जो देख्दै हुनुहुन्छ, उनीहरु प्रचण्डको खास सुरक्षा दस्ताका हुन् । झट्ट हेर्दा भीडभाड जस्तो देखिए पनि प्रचण्डको वरिपरिका यी सबैजना कि नेता हुन्, कि सुरक्षा दस्ताका सदस्य हुन् ।

प्रहरी र सुरक्षा दस्ताले प्रचण्डको निकट कसैलाई पनि पुग्न दिएको थिएन ।

सुरक्षा दस्ता र प्रहरी टोली पछाडि खाली ठाउँ बनाइएको थियो । खाली ठाउँ बनाउन प्रचण्डको सुरक्षा दस्ता प्रयोग गरिएको थियो ।

हिन्दी फिल्ममा डनलाई जसरी सुरक्षा दिइन्छ, त्यही शैलीमा प्रचण्डलाई सुरक्षा दिइएको थियो । प्रचण्डको यो सुरक्षा व्यवस्थापन उहाँको निजी सुरक्षा टोलीले गरेको हो । प्रचण्डलाई प्रहरी, सशस्त्र प्रहरीका साथै निजी सुरक्षा दस्ताले चौबीसै घन्टा सुरक्षा दिने गरेको छ ।

प्रचण्डलाई आजको जुलुसमा विगतमा भन्दा धेरै, अनौठो र अस्वाभाविक तरिकाले सुरक्षा दिइएको देखिन्छ ।सनराइज खबरबाट साभार 

 

तपाईको प्रतिक्रिया