×

राजनीति

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?

रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?
काठमाडौं । रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो । जस अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल रहेका छन् । त्यस्तै, रास्वपाले राष्ट्रिय महाधिवेशनको मिति पनि सार्ने निर्णय गरेको छ ।

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्।प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपाका एक सचिवालय सदस्यले  जानकारी दिए। ‘पार्टीको जिम्मेवारीमा भन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा छ भन्दै उहाँले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको हो,’ ती सचिवालय सदस्यले भने, ‘सदनमा रास्वपाको भूमिका पनि जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले म विधायकी भूमिकामा बढी सक्रिय हुन चाहन्छ...

७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु – प्रचण्ड

७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु – प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीद र बेपत्ता परिवारका सदस्यहरूको समस्यालाई अनदेखा नगर्न आग्रह गरेका छन् ।पार्टीको नवलपरासी जिल्ला समन्वय समिति निर्वाचन क्षेत्र नम्बर १ द्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा शहीद र बेपत्ता परिवारको आँशु लाग्ने भन्दै यस्तो बताएका हुन् । ‘शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई अनदेखा नगर्नुहोला । उहाँहरूको आँशु, पीडालाई बेवास्ता नगर्नुहोला, पाप लाग्छ । हुन त पाप र धर्म हाम्रो अर्कै बुझाइ हुन्छ । त...

दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु

दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । १५ चैतमा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोप उनीमाथि छ । गृहमन्त्रीले समेत सार्वजनिक रूपमा प्रसाईंले सुरक्षाकर्मीलाई ज्यान मार्ने नियतले गाडी ...

वीरगञ्जमा आज राति १२ बजेसम्म थपियो कर्फ्यु

वीरगञ्जमा आज राति १२ बजेसम्म थपियो कर्फ्यु
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२ बजेसम्म थप गरेको छ ।दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो । स्थिति अझै सामान्य बनेको निष्कर्षसहित प्रशासनले आज चैत ३१ गते राति १२ बजेसम्म कर्फ्यु जारी राख्ने निर्णय गरेको हो । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्...

सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा अख्तियारको छापा

सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा अख्तियारको  छापा
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको छ । अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान समितिको कार्यालयमा छापा हानेको हो । समितिका लेखापाल खड्कबहादुर रानामाथि तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको छ । लेखापाल रानाले रकम हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको थियो । सोही उजुरीका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणम...

राप्रपाले आज काठमाडौंको बल्खुमा सभा गर्दै

राप्रपाले आज काठमाडौंको बल्खुमा सभा गर्दै
काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी छ । ‘११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किन्छ र १२ बजेदेखि सभा सुरु हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘३० औं हजारलाई सभामा सहभागी गराउने गरी तयारी गरिएको छ ।’ सभालाई पार्टी अध्यक्ष राजेन्द्र ...

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद् अन्तर्गत सोमबार तीनवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ ।कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमन बारे छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यसै गरी, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि दिउँसो ३ ...

रवि लामिछानेको सांसद पद निलम्बन गरिएको विषय अन्तर्राष्ट्रियकरण गर्छौं- स्वर्णिम वाग्ले

रवि लामिछानेको सांसद पद निलम्बन गरिएको विषय अन्तर्राष्ट्रियकरण गर्छौं- स्वर्णिम वाग्ले
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको विषय अन्तर्राष्ट्रियकरण गर्ने बताएका छन्।शनिबार चितवनबाट रास्वपाले शुभारम्भ गरेको जनयात्रालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले बदनीयतपूर्ण ढंगले सभापति लामिछानेको सांसद पद निलम्बन गरिएको भन्दै त्यस विषयलाई अन्तर्राष्ट्रिय फोरममा पुर्‍याउने बताएका हुन्। यत्रो भारी मतले जितेको व्यक्तिको सांसद पद निलम्बन गरियो, सांसदको भूमिका खुम्च्याउन खोजियो। जेनेभामा रहेको इ...