×

राजनीति

सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने

सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने
काठमाडौं । शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो ।राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए । उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम श...

कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्दै

कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्ड बैठक बस्दै
काठमाडौं-कक्षा १२ को परीक्षाबारे निर्णय लिन मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा तय गरिएको छ। तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा प्रभावित भएपछि यसबारे निर्णय लिन लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। ‘परीक्षाबारे निर्णय लिन बोर्ड बैठक बोलाइएको हो,’ उनले भने।बोर्डका एक सदस्यका अनुसार बैठक अहिले बिहान ८ बजे बस्दैछ।यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्ष...

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन
काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको एक मन्त्रीले जानकारी दिए । उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ । त्यस्तै, निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व रहने ती मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने– शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्

प्रधानमन्त्री ओलीले भने– शिक्षकका मागमा सरकार नेगेटिभ छैन, वार्तामा आउनुस्
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरे ।आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस् । मेरो आग्रह छ ।’ प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको जिकिर गरे । ‘सरकार उहाँहरुका मागप्रति नेगेटिभ हुने कुरै छैन...

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा

राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरी नियन्त्रणमा
काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् ।उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् । लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्श...

आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र नतोड्न गृह मन्त्रालयको चेतावनी

आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र नतोड्न गृह मन्त्रालयको चेतावनी
काठमाडौं - राजसंस्था पुनर्स्थापना र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ले आज आइतबार काठमाडौं प्रदर्शन गर्दैछ । राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । वैशाख ४ गते बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गर्दै वैशाख ७ गते  निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख ९ गते सबै जिल्लामा...

राप्रपालाई गृहको चेतावनी-भोलिको प्रदर्शनमा अराजकता भए कारबाही हुन्छ

राप्रपालाई गृहको चेतावनी-भोलिको प्रदर्शनमा अराजकता भए कारबाही हुन्छ
काठमाडौं । गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी लाई सचेत गराएको छ ।राप्रपाले आइतबार बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दैछ । उक्त प्रदर्शनमा निषेधित क्षेत्र तोड्नेगरी अघि बढ्ने राप्रपाले बताएको छ ।त्यसतर्फ ध्यानाकर्षण गराउँदै गृह मन्त्रालयले कानुन अनुसार कारबाही हुने बताएको छ । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका स...

०८२ साल जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ – जगमान गुरुङ

०८२ साल जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ – जगमान गुरुङ
काठमाडौं । राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ । यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन रु गणतन्त्र दिवस मनाउँछन् नि । यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते ह...

सरकारसँग वार्तापछि शिक्षक महासंघले बोलायो बैठक

सरकारसँग वार्तापछि शिक्षक महासंघले बोलायो बैठक
काठमाडौं । सरकारसँग वार्तापछि राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ । महासंघले आज दिउँसो ३ः१५ मा रत्नराज्य मा वि बानेश्वरमा बैठक डाकेको हो ।समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ । बैठकमा राष्ट्रिय समितिका सदस्यहरु, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरु, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।