×

राजनीति

स्थानीय चुनावका लागि भोलिदेखि दल दर्ता खुला

स्थानीय चुनावका लागि भोलिदेखि दल दर्ता खुला
स्थानीय चुनावका लागि भोलिदेखि दल दर्ता खुला काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।

एमसीसी  जबरजस्ती अघि बढाए सरकार छाड्ने माओवादीकाे चेतावनी

एमसीसी  जबरजस्ती अघि बढाए सरकार छाड्ने माओवादीकाे चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी एमसीसी अगाडि बढाउन र पास गर्न नसकिने निर्णय गरेको छ । माओवादी प्रमुख सचेतक देव गुरुङ भन्छन्, ‘एमसीसीमा रहेका असमान शर्तहरु संशोधन नगरी यथास्थितिमा अगाडि...

आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत...

नेकपा एमालेका श्रेष्ठ, प्रधान र पियालाई सम्मान

नेकपा एमालेका श्रेष्ठ, प्रधान र पियालाई सम्मान
चितवन । नेकपा एमालेकाे दशाैँ महाधिवेशनबाट चितवन जिल्ला सदस्यमा निर्वाचित भरतपुर महानगरपालिका वडा नं १ का सन्देश कुमार श्रेष्ठ, प्रह्लाद प्रधान तथा लेखा आयोग सचिव राजेन्द्र कुमार पियालाई मंगलबार एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरिएकाे छ। नेकपा एमाले भरतपुर महानगरपालिका वडा न १ कमिटीका अध्यक्ष शुक्रकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य नारायण अधिकारी प्रमुख अतिथि रहेका थिए। सम्मानप्रति धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित सदस्...

मन्त्री आलेको आपत्तिजनक हर्कत, सुन्नै नसकिने अश्लिल शब्द प्रयोग गरी मार्ने धम्की

मन्त्री आलेको आपत्तिजनक हर्कत, सुन्नै नसकिने अश्लिल शब्द प्रयोग गरी मार्ने धम्की
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौजमा उत्रिनुभएको छ । उहाँले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की समेत दिनुभएको छ । मन्त्री आलेले निकै तल्लो स्तरको बोलेपछि जनता टाइम्सलाई प्राप्त भिडियोमा युवाले पनि मन्त्री आलेको गालिको जवाफ र्फकाउनुभएको छ । यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दको प्रयोग भएकाले ती शव्द ह...

एमसीसी पास हुनुपर्छ – प्रधानमन्त्री देउवा

एमसीसी पास हुनुपर्छ – प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् ।संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । ‘उहाँले सभापति भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने । उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने बताएका थिए । ‘अरु सबैले त्यही बोले कि एमसीसी पास गर्नुपर्छ’, कोइरालाले ...

निर्वाचनलाई लक्षित गर्दै काँग्रेसद्धारा गैँडाकोटमा नगर वडासम्वाद कार्यक्रम सुरु

निर्वाचनलाई लक्षित गर्दै काँग्रेसद्धारा गैँडाकोटमा नगर वडासम्वाद कार्यक्रम सुरु
गैँडाकोट । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले नवलपरासी (पूर्व)को गैँडाकोटमा नगर वडा सम्वाद कार्यक्रम सुरु गरेको छ । गैँडाकोट नगरपालिका भित्रका १८ वटै वडामा पुगेर त्यहाँका कँग्रेसजनहरुको भावना, समस्या, गुनासा र सुझाव संकलन गर्ने उदेश्यले नगरसंवाद कार्यक्रमको सुरुवात गरिएको हो । नगरसभापति बद्री सापकोटाले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा घरघरमै पुुगेर कार्यकर्ताका सुुझाव, समस्या र भावनाहरु समेट्न नगर वडा संवाद कार्यक्रमको थालनी गरिएको बताउनुुभ...

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम : एमाले

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम : एमाले
काठमाडौं ।प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको ठहर गरेको छ ।केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको ठहर गरेको हो । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताए ।महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दल...

अनेरास्ववीयु गैँडाकोटको अध्यक्षमा मनिष अधिकारी

अनेरास्ववीयु गैँडाकोटको अध्यक्षमा मनिष अधिकारी
गैँडाकोट । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु गैँडाकोटको अध्यक्षमा मनिष अधिकारी चयन भएका छन् । आज सम्पन्न दोस्रो नगरअधिवेशन मार्फत अधिकारीको अध्यक्षतामा २८ सदस्यीय नगरकमिटी सर्वसम्मत चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा अब्जल बिक, सचिवमा प्रमोद पोखरेल, सहसचिवमा सविता थापा, अन्सु सुवेदी, सन्जय देवकोटा र कोषाध्यक्षमा यन्सीला पौडेल चयन भएको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए । २८ सदस्यीय कमिटी गठन गरिएपनि आगामी बैठकमार्फत ११ सदस्य मनोनित गरि कमिटीलाई ३९ सदस्यीय बना...