×

राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दै छ । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ । सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् । समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ ।समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन ...

राप्रपा युवा संगठनका संयोजक केसी पक्राउ

राप्रपा युवा संगठनका संयोजक केसी पक्राउ
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई प्रहरीले पक्राउ गरेपछि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।आइतबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको छ। उक्त इजलासले के आदेश दिएको छ भन्ने खुलिसकेको छैन। केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार पक्राउ गरेको थियो। प्रहरीले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै केसीको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठले शुक्रबार नै बन्दीप्रत्...

मोहन बस्नेतको बयान– राजस्व चुहावट रोक्ने उद्देश्यले टेरामक्सबारे निर्णय लिएको हुँ

मोहन बस्नेतको बयान– राजस्व चुहावट रोक्ने उद्देश्यले टेरामक्सबारे निर्णय लिएको हुँ
काठमाडौं । पूर्वमन्त्री एवं सिन्धुपाल्चोकका सांसद मोहन बस्नेतले अर्बौं रुपैयाँको भ्रष्टाचार रोक्न आफूले ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) जडान गर्ने नीतिगत निर्णय गरेको दावी गरेका छन् । भ्रष्टाचार मुद्दा दायर हुनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर बयान दिएका उनले कसैको गोपनीयता भंग गर्ने र कल डिटेल हेर्ने उद्देश्यले आफूले त्यो प्रणाली स्थापनाको निर्णय नगरेको जिकिर गरेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०ले गरेको अध्ययन भन्दै उन...

रवीन्द्र मिश्रमाथि थपियो अर्को मुद्दा

रवीन्द्र मिश्रमाथि थपियो अर्को मुद्दा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अर्को मुद्दा पनि थपिएको छ ।गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो । आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ ।उक्त मुद्दा चलाइएको भन्दै मिश्रले आपत्ति जनाएका छन् ।बिहीबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पुर्‍याइएका मिश्रले न्यायाधीशसमक्ष राज्यले पुनः आफूमाथि कालो टिका लगाइदिएको बत...

सचिव विनोद प्रकाश सिंह अवकाश

सचिव विनोद प्रकाश सिंह अवकाश
काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह अवकाश भएका छन्।निजामती सेवामा ३८ वर्षे यात्रा पूरा गरेका सिंह ५८ वर्षे उमेरहदका कारण बुधवारदेखि अनिवार्य अवकाशमा गएका हुन्। २०७९ असार ६ गते सचिवमा बढुवा भएका उनले २ वर्ष, १० महिना र १८ दिनसम्म सचिवको भूमिका निर्वाह गरे। सचिव भएपछि उनले कोशी प्रदेशको प्रमुख सचिव, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा ...

‘चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै हो, अगाडि फिल्म देखाउन नपरोस्’-विक्रम पाण्डे

‘चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै हो, अगाडि फिल्म देखाउन नपरोस्’-विक्रम पाण्डे
काठमाडौँ । राप्रपाका सांसद विक्रम पाण्डेले चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै भएको बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले प्रदूषित भइसकेको गणतन्त्र नखोजेको बताए ।उनले भने, ‘केही सांसदहरूले गएको राजसंस्था अब आउँदैन भन्ने कुरा राख्नुभयो। बागमतीजस्तै अविरल र कञ्चन बगेर जाने नदीजस्तो हो गणतन्त्र भन्ने कुरा गर्नुभएको छ। जनताहरूले प्रदूषित नभएको खोजेका हुन्। यस्तो खालको गणतन्त्र खोजेका होइनन्। १५ गते आन्दोलनको ट्रेलर मात्रै हो भन्ने कुरा गणतन्त्रले नै देखाएको हो। त्...

एमाले धनुषा अधिवेशनमा विवाद, कुर्सी हानाहान

एमाले धनुषा अधिवेशनमा विवाद, कुर्सी हानाहान
जनकपुरधाम । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद भएको छ ।अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । गत वैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको...

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् आजका कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् आजका कार्यसूची
काठमाडौं- संघीय संसद् अन्तर्गत् सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।गत वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्...

नागढुंगा–नौबिसे सडकखण्ड राति बन्द गरिने

नागढुंगा–नौबिसे सडकखण्ड राति बन्द गरिने
काठमाडौं - त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा–नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए । नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)  ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयम...