×

राजनीति

काँग्रेसको चुनाव लक्षित एक महिने अभियान आजदेखि शुरु

काँग्रेसको चुनाव लक्षित एक महिने अभियान आजदेखि शुरु
काठमाडौं ।  नेपाली काँग्रेसले स्थानीय तहको चुनाव लक्षित एक महिने अभियान आजदेखि शुरु भएकाे छ ।  काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतका अनुसार यो अभियान फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ। ‘यो अभियान लिएर हरेक घरमा काँग्रेसको नेतृत्व पुग्नेछ। समग्र विषयको विषयमा जनतालाई जानकारी गराउने छ’, प्रवक्ता महतले भन्नुभयो, ‘प्राप्त उपलब्धि सशक्त ढंगले काँग्रेसले जनता समक्ष राख्नेछ।’ अभियानका लागि देशका ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको प्रवक्ता महतको भनाइ छ। ‘फागुन २९ गतेदेखि ...

अनेमसंघ गैँडाकोट ८ मा सवि खवासको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन

अनेमसंघ गैँडाकोट ८ मा सवि खवासको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन
गैँडाकोट । अखिल नेपाल महिलासंघ गैँडाकोट ८ को अध्यक्षमा सवि खबास चयन हुनुभएको छ । नेकपा एमालका जिल्ला सदस्य गोपाल गौतमको प्रमुख आतिथ्यता तथा अखिल नेपाल महिलासंघका अध्यक्ष कोपिला अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले खवासको अध्यक्षतामा ३१ सदस्यीय अनेमसंघ वडा कमिटी गठन गरेको नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा जमुना सुवेदी, सचिवमा शोभा शर्मा अधिकारी, उपसचिवमा सिता सुवेदी र विमला सापकोटा चयन हुनुभएको उहाँले बताउनुभयो । स्थानी...

कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियो : ओली

कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियो : ओली
विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए । मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै ओलीले भने, ‘ काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।’ निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्न...

देउवाले कार्यकर्तालाई भने : गठबन्धन दलको चित्त दुख्ने गरी नबोल्नू

देउवाले कार्यकर्तालाई भने : गठबन्धन दलको चित्त दुख्ने गरी नबोल्नू
काठमाडौं ।  प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनभित्र रहेका दललाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँगको छलफलमा बोलेका प्रधानमन्त्री देउवाले गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने गरी कुरा नगर्न निर्देशन दिएका छन्। ‘गठबन्धन दललाई चित्त दुख्ने गरी कुरा नगर्नू,’ सभापति देउवाका भन...

बलात्कार आरोपी पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट ल्याईयाे

बलात्कार आरोपी पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट ल्याईयाे
नवलपुर । एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ । जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट  ल्याइएकाे प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । शाहविरुद्ध गत फागुन १६ गते गैंडाकोटमा पीडित किशोरीले जाहेरी दिएकी थिइन् । उनलाई केही दिन प्रहरी हिरासतम...

सुखी नेपाल बनाउन एमाले सरकारले अनगिन्ती काम गरेको छ : अध्यक्ष ओली

सुखी नेपाल बनाउन एमाले सरकारले अनगिन्ती काम गरेको छ : अध्यक्ष ओली
नवलपुर — पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नेतृत्वको सरकार छँदा सुखी नेपाल बनाउन अनगिन्ती काम भएको दाबी गरेका छन् ।पूर्वपश्चिम रेलमार्ग निर्माण, कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणको काम, महेन्द्रराजमार्ग फराकिलो बनाउने काम, त्रिवेणीबाट उत्तरतर्फको बाटो, धौवादी फलामखानीबाट फलाम निकाल्ने काम सुखी नेपालकै निरन्तरताको लागि आफैंले सुरु गरेको ओलीको दाबी थियो । मध्यबिन्दु बहुमुखी क्याम्पसको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओलीले यस्...

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं।  प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको छ। बैठक साढे ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आजको बैठकमा एकमात्र सम्भावित कार्यसूची रहेको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। त्यस्तै संसद बैठकअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आह्वान गरेका छन्। सभामुख सापकोटाले बिहान ११ बजे बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ...

माओवादी बैठकमा एमसीसीबारे छलफल हुने

माओवादी बैठकमा एमसीसीबारे छलफल हुने
काठमाण्डौ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रवार बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेपछि नारायणकाजी श्रेष्ठ समूह असन्तुष्ट छ । यो समूहका सांसदहरू गिरिराजमणि पोखरेल र अन्जना विशंखेले एमसीसी सम्झौता अनुमोदनको निर्णय हुँदा संसदमा विरोध जनाएका थिए । एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक...

राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिने

राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिने
काठमाडौं - २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो । आजबाट विदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् । कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष...