अध्यक्षले हटाएकी उपाध्यक्षलाई अदालतले गरिदियो पुनर्बहाली
मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पुनर्बहाली गरेकी छन्।लिखित राजीनामा दिएको भन्दै गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस १७ गते उक्त राजीनामालाई स्वीकृत गरेका थिए।
उपाध्यक्ष विष्ट तत्कालीन नेकपा एमालेका तर्फबाट विसं २०७४ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।उनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी आफूलाई राजनीतिक प्रतिशो...