×

मध्य नेपाल

नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित, ३ जनाको मृत्यु

नेपालमा एकैदिन थपिए पाँच हजारभन्दा बढी कोरोना संक्रमित, ३ जनाको मृत्यु
काठमाडौ । नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५६० जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा एक लाख १०८ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छ...

घरको नक्सा अनलाइनबाटै दर्ता गर्दै कावासोती नगरपालिका

घरको नक्सा अनलाइनबाटै दर्ता गर्दै कावासोती नगरपालिका
नवलपुर । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी पूर्व को कावासोती नगरपालिकाले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको हो । अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमारी पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाका अन्त्य भएको बताउनुभयो । सो नगरपालिकामा बर्सेनि ३०० भन्दा बढीको सङ्ख्यामा भवन निर्माण भइरहेको अवस्थामा भवन निर्माण अ...

नक्कली नोट कारोवारमा संलग्न २ जना नवलपरासीमा पक्राउ

नक्कली नोट कारोवारमा संलग्न  २ जना नवलपरासीमा पक्राउ
नवलपरासी । नवलपरासी पश्चिम प्रहरीले  नेपाली र भारतिय नक्कली नोट सहित २ जना व्यक्तीलाई पक्राउ गरेको छ । सदरमुकाम परासी स्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सुचनाको आधारमा उनिहरुलाई प्रक्राउ गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोवार गर्ने व्यक्तिहरुको खोजतलास गर्दै जाँदा जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नं। १२ बस्ने रसिद मोहम्मद र जिल्ला कपिलवस्तु शुद्धोदन गाँउपालिका वडा नं। २ नन्दपुर बस्ने जमाल मुसल...

सरकारले भन्योः ‘ स्मार्ट लकडाउन हुनसक्छ’

सरकारले भन्योः ‘ स्मार्ट लकडाउन हुनसक्छ’
काठमाडौँ  । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी ९लकडाउन०...

आजबाट राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू

आजबाट राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू
काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ ।निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो । आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ । आचारसंहिता...

२४ घण्टामा ९ सय ६८ जनामा कोरोना पुष्टि

२४ घण्टामा ९ सय ६८ जनामा कोरोना पुष्टि
काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा नौ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार नौ सय ७१ जनाको नमुना परीक्षण गर्दा नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ सङ्क्रमित निको भएका छन् । यो अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार सात सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार तीन सय...

आज सबै प्रदेशमा वर्षा, हिमाली र उच्च पहाडमा हिमपात

आज सबै प्रदेशमा वर्षा, हिमाली र उच्च पहाडमा हिमपात
काठमाडौं । बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आजराति प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा...

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षा मन्त्रालयको चेतावनी
काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ।चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक-पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो। बुधबार मन्त्रायलका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानुनी रूपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोज...

गैँडाकोटका नरेश लोकतान्त्रीक मगरसंघ नेपाल गण्डकी प्रदेशको सचिवमा निर्वाचित

गैँडाकोटका नरेश  लोकतान्त्रीक मगरसंघ नेपाल गण्डकी प्रदेशको सचिवमा निर्वाचित
गैँडाकोट । नेकपा एमाले निकट लोकतान्त्रीक मगरसंघ नेपाल गण्डकी प्रदेशको सचिवमा गैँडाकोटका युवा नरेश थापा निर्वाचित हुनुभएको छ ।गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न लोकतान्त्रीक मगरसंघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट थापा सचिवमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । प्रथम अधिवेशनमा सहभागि भएका २ हजार बढी प्रतिनिधिको मन जितेका थापा सर्वसम्मत सचिव पदमा निर्वाचित हुनुभएको हो ।आगामी तीनवर्षे कार्यकालका लागि सचिव पदमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मगर समुु...