×

नवलपरासी । नवलपरासी पश्चिम प्रहरीले  नेपाली र भारतिय नक्कली नोट सहित २ जना व्यक्तीलाई पक्राउ गरेको छ । सदरमुकाम परासी स्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सुचनाको आधारमा उनिहरुलाई प्रक्राउ गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोवार गर्ने व्यक्तिहरुको खोजतलास गर्दै जाँदा जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नं। १२ बस्ने रसिद मोहम्मद र जिल्ला कपिलवस्तु शुद्धोदन गाँउपालिका वडा नं। २ नन्दपुर बस्ने जमाल मुसलमान समेतलाई जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं। ५ बुद्धचोक स्थितबाट पक्राउ गरिएको हो ।

निजहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारितय १ सयको ३ थान र भारतिय ५० को १७ थान नक्कली नोट बरामद गरिएको छ । निजहरु दुबै जना बिरुद्ध मुद्रा सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी  नवलपरासी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भैरहेको छ ।

तपाईको प्रतिक्रिया