नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्धि भएको छ ।अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।
यस वर्ष जिल्लामा एक हजार एक सय ९४ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको उहाँले बताउनुभयो ...


