×

नवलपुर विशेष

गैँडाकोट प्रमुख प्रशासकीय अधिकृत खनालको सरुवा

गैँडाकोट प्रमुख प्रशासकीय अधिकृत खनालको सरुवा
गैँडाकोट-  गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवहरूको सरुवा गर्ने निर्णयअनुसार खनालको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरिएको हो। खनाल विगत दुई वर्षदेखि गैँडाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। आफ्नो कार्यकालमा उनले नगरपालिकालाई व्यवस्थित, पारदर्शी र सेवा प्रभावकारी बनाउँदै उत्कृष्ट नगरपालिका बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलेका थिए।स...

चितवनका प्रतिष्ठित व्यवसायी शंकरप्रसाद घिमिरे रास्वपामा प्रवेश

चितवनका प्रतिष्ठित व्यवसायी शंकरप्रसाद घिमिरे रास्वपामा प्रवेश
चितवन-  चितवनका एक जना प्रतिष्ठित व्यवसायी तथा समाजसेवी शंकरप्रसाद घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन्। गैँडाकोट नगरपालिका–२, श्रीनगर टोल निवासी घिमिरेले केही दिनअघि पार्टीको औपचारिक सदस्यता लिएको भए पनि आज गैँडाकोटमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक रूपमा रास्वपामा प्रवेशको घोषणा गरेका हुन्। लामो समयदेखि नेपाली कांग्रेसको पृष्ठभूमिमा सक्रिय रहँदै आएका घिमिरे व्यवसायिक तथा सामाजिक क्षेत्रका एक परिचित अनुहार हुन्। चितवनको पुलचोकमा सञ...

सरस्वती निकेतनमा एनसीसी सिनियर डिभिजनको अभिमुखीकरण सम्पन्न

सरस्वती निकेतनमा एनसीसी सिनियर डिभिजनको अभिमुखीकरण सम्पन्न
नवलपुर- सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालय, नवलपुरले राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपसेनानी रामचन्द्र खड्काले विद्यार्थीहरूलाई एनसीसी सिनियर डिभिजनको उद्देश्य, तालिम संरचना र महत्वबारे अभिमुखीकरण दिनुभयो। उहाँले भने, “फिजिकल तालिम आफ्नो लागि हो, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ। प्र...

कावासोतीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, चालक फरार

कावासोतीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, चालक फरार
नवलपुर - नवलपुरको कावासोती नगरपालिका–१६ कुमारी टोलमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ।शुक्रबार साँझ कुमारी टोलबाट सातघरेतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्रु ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका पीडितको टाउको, घाँटी र खुट्टामा चोट लागेको थियो। उपचारका लागि तत्कालै मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको भए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका छन्। हाल ...

घरायसी विवादले लियो ज्यान: नवलपुरमा श्रीमतीको घाँटी रेटेर हत्या

घरायसी विवादले लियो ज्यान: नवलपुरमा श्रीमतीको घाँटी रेटेर हत्या
नवलपुर- नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३, उदयटारीमा घरेलु विवादका कारण एक महिलाको ज्यान गएको छ।बिहीबार बिहान करिब १०:३० बजे, ५० वर्षीय महेन्द्र पौडेलले आफ्नी ४७ वर्षीया पत्नी गोमा पौडेलको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार पौडेलले तरकारी काट्ने धारिलो चक्कु प्रयोग गरी श्रीमतीको घाँटीमा प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी गोमाको घटनास्थलमै मृत्यु भएको थियो। हत्या लगत्तै आरोपी महेन्द्र ...

डण्डाबाट नारायणगढ आउँदै गरेको बस दुर्घटना, १३ यात्रु घाइते

डण्डाबाट नारायणगढ आउँदै गरेको बस दुर्घटना, १३ यात्रु घाइते
कावासोती- पूर्व पश्चिम राजमार्गको कावासोती नगरपालिका–८ खरकट्टास्थित सडक खण्डमा आज बिहान करिब १०:०० बजे सवारी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्।डण्डाबाट नारायणगढतर्फ गइरहेको ना ४ ख ७७७६ नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा करिब २४–२५ जना यात्रु सवार रहेका मध्ये १३ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै उपचारका लागि भरतपुर अस्पताल र कावासोतीस्थित स्थानीय अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बत...

मध्यबिन्दुमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मध्यबिन्दुमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
मध्यबिन्दु- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मध्यबिन्दु नगरपालिका–८, फुलबारी उकालोमा बिहीबार साँझ ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। साँझ करिब ६:३० बजे कावासोतीबाट दुम्किबासतर्फ गइरहेको बा.प्र.०६–००१ क ०४४४ नम्बरको मिनि ट्रक र विपरीत दिशाबाट आइरहेको बा ७६ प २७१७ नम्बरको पल्सर मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक राज कुमार बोहराको उपचारको क्रममा साँझ सवा ८ बजे मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा मा मृत्यु भए...

निजी विद्यालयमाथि शिक्षानिति कडाइ, प्याब्सन गैँडाकोट आन्दोलित

निजी विद्यालयमाथि शिक्षानिति कडाइ, प्याब्सन गैँडाकोट आन्दोलित
गैँडाकोट- विद्यालय शिक्षा सम्बन्धी ऐन (संशोधन र एकीकरण)  विधेयक २०८० मा समावेश कतिपय प्रावधानहरूप्रति गम्भीर आपत्ति जनाउँदै प्याब्सन गैँडाकोट (निजी तथा आवासीय विद्यालय संगठन) ले गैँडाकोट नगरपालिकामा संयुक्त ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र प्याब्सन गैँडाकोटका सचिव निर्मल पाण्डेले बाचन गरेर सुनाउनु भएको थियो ।  कार्यक्रममा निजी विद्यालयहरूले लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदान, वर्तमान चुनौती र प्रस्तावित विधेयकका प्रावधानहरूप्रति सरोकार व्यक्त गरिएको थियो...

गैँडाकोट–१८ मा सामाजिक सुरक्षा भत्ता नविकरण सुरु, टोलटोलमै पुगेर सेवा

गैँडाकोट–१८ मा सामाजिक सुरक्षा भत्ता नविकरण सुरु, टोलटोलमै पुगेर सेवा
गैँडाकोट नगरपालिका–१८ ले सामाजिक सुरक्षा भत्ता नविकरणलाई प्रभावकारी र सबैसमक्ष सहज बनाउने उद्देश्यले टोलटोलमै पुगेर सेवा दिने अभियान सुरु गरेको छ। भौगोलिक रूपमा दुर्गम र विकट बस्तीहरू रहेका कारण वडावासीलाई वडा कार्यालयसम्म आउन घन्टौं लाग्ने भएकाले तथा वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरूलाई सेवा पहुँचमा सहजता दिलाउन यो निर्णय गरिएको वडा अध्यक्ष तिलबहादुर चितौरेले जानकारी दिए। “सामाजिक सुरक्षा भत्ता नविकरण सबैको अधिकार हो। कसैले पनि सेवाबाट वञ्चित नहोस् भन्ने हाम्रो उद्देश्...