×

नवलपुर विशेष

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
गैँडाकोट-  श्रीकृष्ण जन्माष्टमी, हरितालिका तिज तथा नेपाल रेडक्रस दिवसको अवसरमा नवलपुरको गैँडाकोट नगरपालिका–२ स्थित एसपीएम कलेज परिसरमा यही साउन ३० गते बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना युवा रेडक्रस सर्कल, एसपीएम कलेजले गर्न लागेको हो । आज विहान एक पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिइएको हो। पत्रकार सम्मेलन युवा रेडक्रस सर्कलका अध्यक्ष सुमन पण्डितको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका प्राचार्य दिपेन्द्र पौडेल, प्राध्य...

तीज गीत प्रतियोगितामा श्रीनगर महिला समूह प्रथम, लक्ष्मी घिमिरेलाई ‘आदर्श वर्ष सम्मान’

तीज गीत प्रतियोगितामा श्रीनगर महिला समूह प्रथम, लक्ष्मी घिमिरेलाई ‘आदर्श वर्ष सम्मान’
गैंडाकोट- रेडियो संकेत ९३ मेगाहर्जको आयोजनामा सम्पन्न बृहत खुला तीज गीत प्रतियोगिता – २०८२ मा श्रीनगर महिला विकास समूह, गैँडाकोट–२ ले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान प्राप्त गरेको छ। प्रतियोगितामा भानु आदर्श महिला कृषि समूह, कावासोती–३ दोस्रो तथा प्रगति टोल महिला विकास समूह, गैँडाकोट–१ तेस्रो भएका छन्। गैँडाकोट फन पार्कमा आइतबार सम्पन्न कार्यक्रममा विकास महिला समूह, गैँडाकोट–५ ले सान्त्वना पुरस्कार प्राप्त गर्‍यो। प्रतियोगितामा कुल १६ वटा महिला समूहहरूको सहभागिता रहेको ...

गैँडाकोटमा ट्रक दुर्घटना: चालकसहित दुई जनाको मृत्यु

गैँडाकोटमा ट्रक दुर्घटना: चालकसहित दुई जनाको मृत्यु
नवलपुर — नवलपुरको गैँडाकोट नगरपालिका–१० स्थित खरखरे जंगलमा आइतबार दिउँसो भएको भयानक सवारी दुर्घटनामा ट्रक चालकसहित दुई जनाको मृत्यु भएको छ। ना ५ ख ८४१७ नम्बरको ट्रक लु ५५ प ३१३४ नम्बरको स्कुटरमा ठोक्किएर सडकमै पल्टिँदा स्कुटर चालक र ट्रक चालक दुवैजना च्यापिएका थिए। उद्धारका लागि स्थानीयबासी र प्रहरी टोली घटनास्थलमा पुगे पनि समयमै उद्धार सम्भव नभएपछि दुवैको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनापछि ट्रक सडकमै पल्टिएको अवस्थामा रहेको छ भने ट्रक हटाउनका लागि क्रेन मगाइएको छ...

गैँडाकोट नमूना माविमा उत्कृष्ट विद्यार्थी सम्मान

गैँडाकोट नमूना माविमा उत्कृष्ट विद्यार्थी सम्मान
गैँडाकोट-  गैँडाकोट नमूना माध्यामिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई आइतबार एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ।विद्यालय प्राङ्गणमा आयोजित सम्मान समारोहमा विद्यालयका प्राचार्य गोपेन्द्र केशरी न्यौपाने, सहायक प्राचार्य तथा प्लस टु संयोजक चन्द्र केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार लम्साल, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। २०८१ सालको परीक्षामा २०७ जना परीक्षार्थीमध्ये १७७ जना विद्यार्थ...

सरस्वती निकेतनद्धारा व्यवहारमुखी शिक्षामा जोड्दै क्षेत्रीय फिल्ड ट्रिप सम्पन्न

सरस्वती निकेतनद्धारा व्यवहारमुखी शिक्षामा जोड्दै क्षेत्रीय फिल्ड ट्रिप सम्पन्न
नवलपुर- व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यसहित नवलपुरको गैडाकोट–१ मा अवस्थित सरस्वती निकेतन विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी क्षेत्रीय अवलोकन (फिल्ड भिजिट) कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार सम्पन्न उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले रामपुर कृषि क्याम्पस र मेघौलीस्थित गोलाघाट क्षेत्रको अवलोकन गरेका थिए। परियोजना कार्यका रूपमा सञ्चालित यस भ्रमणमा विद्यार्थीहरूले नेपाली, सामाजिक र विज्ञान विषयसँग सम्बन्धित व्यवहारिक अध्ययन गरेका थिए। विद्यालयका अ...

नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता – झोलामा फेला पर्‍यो नागरिकता

नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता – झोलामा फेला पर्‍यो नागरिकता
नवलपुर- चितवनको भरतपुर महानगरपालिका र नवलपुरको गैँडाकोट नगरपालिका जोड्ने नारायणी नदीको पुलबाट हाम फाल्दा एक पुरुष बेपत्ता भएका छन्। शनिबार साँझ ६ बजेर ५ मिनेट जाँदा उक्त घटना भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ। प्रहरीका अनुसार हाम फालेका पुरुषले पुलमाथि एक झोला छाडेका थिए। झोलाको जाँच गर्दा भित्र बिनयी त्रिवेणी गाउँपालिका–१ (साविक दुम्कीबास–७) निवासी ४३ वर्षीय गिरीराज कंडेलको नाममा जारी नागरिकता प्रमाणपत्र भेटिएको हो। यद्यपि, झोलामा भेटिएको नागरिकताको आधारमा शंका ...

आज जनै पूर्णिमा, क्वाँटी खाने दिन

आज जनै पूर्णिमा, क्वाँटी खाने दिन
काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी)  पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी ...

गैँडाकोटमा राजनीतिक बिस्फोट: कांग्रेस छोडेर गोकुल सापकोटा रास्वपा प्रवेश

गैँडाकोटमा राजनीतिक बिस्फोट: कांग्रेस छोडेर गोकुल सापकोटा रास्वपा प्रवेश
गैँडाकोट - नेपाली कांग्रेसका महासमिति सदस्य गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेशसँगै उनलाई रास्वपाको केन्द्रीय सार्वजनिक लेखा समिक्षा विभाग प्रमुखमा मनोनित गरिएको छ। रास्वपाको केन्द्रीय समिति बैठकले सापकोटालाई उक्त जिम्मेवारीमा सर्वसम्मत रूपमा चयन गरेको हो। पार्टीले सापकोटाको अनुभव, संगठनात्मक क्षमता र आर्थिक पारदर्शिताप्रति प्रतिबद्धतालाई ध्यानमा राख्दै सो निर्णय गरेको बताइएको छ। गोकुल सापकोटा नेपाली कांग्रेस गैँडाकोट नग...

नारायणी नदी किनारमा अन्दाजी ६५ वर्षीया वृद्ध महिलाको शव फेला

नारायणी नदी किनारमा अन्दाजी ६५ वर्षीया वृद्ध महिलाको शव फेला
गैंडाकोट - नवलपुरको गैंडाकोट नगरपालिका–२ स्थित नारायणी नदी किनारमा एक अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी वृद्ध महिलाको शव फेला परेको छ। शुक्रबार बिहान नारायणी रिसोर्ट अगाडिको नदी किनारमा महिलाको शव घोप्टो अवस्थामा देखिएको स्थानीयवासीहरूले बताए। शव देख्नेबित्तिकै स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय, नवलपुरको टोलीले आवश्यक मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि चितवनको भरतपुर अस्पताल पठाएको जानकारी दिएको छ। हालसम्म मृतक महिलाको...