साउन २५ गते गैँडाकोटमा सार्वजनिक विदा
नवलपुर- अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा नवलपुरको गैँडाकोट नगरपालिकाले साउन २५ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
२०८१ साल चैत्र १४ गते बसेको कार्यपालिका बैठकले दिवसको महत्वलाई दृष्टिगत गर्दै विदा दिने निर्णय गरेको हो। नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले आदिवासी जनजातिहरूको पहिचान, भाषा, संस्कृति र अधिकारको सम्मानस्वरूप सार्वजनिक विदा दिइएको जानकारी दिए।
विदाको दिन गैँडाकोट नगरपालिका क्षेत्रभित्र पर्ने सरकारी तथा सार्वजनिक कार्यालयहरू, सामुदायिक व...


