×

नवलपुर विशेष

नवलपुरमा साढे १६ क्वीन्टल लसुन बरामद

नवलपुरमा साढे १६ क्वीन्टल लसुन बरामद
गैँडाकोट । नवलपुरमा अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन प्रहरीले पक्राउ गरेको छ । पश्चिमबाट पूर्व तर्फ आँदै गरेको लु२ ख २३५१ नं बस चेकजाँच गर्ने क्रममा जिल्लाको चालिसकिलो भन्ने स्थानबाट सो लसुन बरामद गरिएको हो । खरिद विल नभएको अवस्थामा बरामद भएको लसुुनलाई आजै आवश्यक कारबाहीको लागि त्रिवेणी भन्सार कार्यालय पठाइएको छ । बरामद गरिएको लसुनको मुल्य दुई लाख सच्चालिस हजार पांच सय बराबरको रहेको प्रहरीले जनाएको छ ।

नारायणगढ-बुटवल सडकः म्याद सकिन एक महिना बाँकी,एक चौथाइ पनि भएन काम

नारायणगढ-बुटवल सडकः म्याद सकिन एक महिना बाँकी,एक चौथाइ पनि भएन काम
नवलपुर । नारायणगढ–बुटवल सडक विस्तार कार्य सम्पन्न गर्ने म्याद एक महिनामात्र बाँकी रहँदा एक चौथाइसमेत काम हुन सकेको छैन । २०७५ सालमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता भएको थियो । तर ४१ महिना बित्दा करिब १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ । अबको एक महिना अर्थात् २२ साउनभित्र सक्ने गरी निर्माणको जिम्मा लिएको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । तर सो निवेदनको विषयमा कुनै नि...

लागुऔषध मुद्धाका फरार आरोपी गैँडाकोटका ७० बर्षीय बृद्ध पक्राउ

लागुऔषध मुद्धाका फरार आरोपी गैँडाकोटका ७० बर्षीय बृद्ध पक्राउ
गैँडाकोट । लागुुऔषध मुद्धामा १० महिना कैद सजाय फैसला भै फरार भएका नवलपुरको गैँडाकोटका ७० बर्षका बृद्ध पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ घर भएका ७० बर्षका प्रेम बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । मिति २०७५ साल असार २० गते १० महिना ७ दिन कैद सजाय फैसला भै फरार भएका उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई आजै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

आउँदो आइतवार देशैभर सार्वजनिक बिदा

आउँदो आइतवार देशैभर सार्वजनिक बिदा
नवलपुर । सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

कावासोतीको शिव मावीको कम्पाउण्ड बाहिर बृद्ध मृत भेटिए

कावासोतीको शिव मावीको कम्पाउण्ड बाहिर बृद्ध मृत भेटिए
नवलपुर।नवलपुरको कावासोतीमा एक बृद्ध मृत फेला परेका छन् । कावासोती नगरपालिका वडा नं. २ भाटटोल बस्ने ८२ बर्षका जित बहादुर कानु मगर मृत फेला परेको प्रहरीले जनाएको छ । कावासोती बजार जान्छु भनेर घरबाट निस्किएका उनि आज नजिकैको शिव मावीको कम्पाउण्ड बाहिर मृत अवस्थामा भेटिएका हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाका सम्वन्धमा अनुसन्धान गरिरहेको छ ।

न्यौपानेद्वारा जन्मदिनकाे अवसरमा ह्वीलचेयर  हस्तान्तरण

न्यौपानेद्वारा जन्मदिनकाे अवसरमा ह्वीलचेयर  हस्तान्तरण
गैंडाकोट। गैंडाकोट ५ का  समाजसेवी गजेन्द्रराज न्यौपानेले ह्वीलचेयर  हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । न्यौपानेले विगत २ महिनादेखि पक्षघात भएकी ८० वर्षिया स्थानीय रुकमाया गुरुङलाई व्हिलचियर हस्तान्तरण गरेर आइतबार परेको जन्मदिन मनाउनु भएको हो । न्यौपाने सँगै कार्यपालिका सदस्य शान्ति न्यौपाने र वडा सदस्य उषा परियार लगायतका स्थानीय समाजेवीहरुले वडा नं ५ को गुरुङ मार्गमा रहेको रुकुमाया गुरुङको निवासमै पुगेर ह्वीलचेयर  हस्तान्तरण गर्नुभएको हो । गजेन्द्रराज न्यौ...

नारायणी पुलबाट एक पुरुषले हाम फाले, प्रहरीले खाेजी गर्दै

नारायणी पुलबाट एक पुरुषले हाम फाले, प्रहरीले खाेजी गर्दै
गैंडाकोट । नारायणी नदिको पुलबाट एक पुरुषले हाम फालेका छन् । आज बिहान करिब ९ः३० बजेको समयमा उनले हाम फालेको इलाका प्रहरी कार्यालय गैंडाकोट प्रमुख प्रशान्त श्रेष्ठले जनाकारी दिए । प्रहरीका अनुसार उनि भरतपुर ११ का ७० बर्षका बिष्णु प्रसाद पाेखरेल हुन् ।  एउटा उनले लगाउने कोट र चप्पल भेटिएको छ ।घटना बारे अनुसन्धान चलिरहेको र खोजि कार्य चलिरहेको प्रहरीको भनाई छ ।

नवलपुरको बुलिङटारमा काकाद्धारा भतिजमाथी बन्चरो प्रहार, अवस्था गम्भिर

नवलपुरको बुलिङटारमा काकाद्धारा भतिजमाथी बन्चरो प्रहार, अवस्था गम्भिर
नवलपुर । नवलपुरको बुलिङटारमा काकाले आफ्नै भतिजलाई बन्चरो प्रहार गरि गम्भिर घाइते बनाएका छन् । बुलिङटार गाँउपालिका वडा नं. ३ बगैचामा ६४ वर्षका पदम बहादुर कुमालले ३२ वर्षका देवीराम कुमाल माथि बन्चरो प्रहार गरेका हुन् । घरमा खाना खाइरहेका देवराम माथी काका पदमले पछाडीबाट टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीचौकी बुलिङटारले जनाएको छ ।बन्चरो प्रहारबाट गम्भिर घाइते भएका कुमाललाई थप उपचारका लागि पोखरा तर्फ पठाइएको स्थानीय विष्णुबहादुर कुमालले उज्यालो खबरलाई   बताउनुभयो । बुलिङटारब...

नवलपुरमा धानको विउ पुर्‍याउन जाँदा एक पुरुषलाई खोलाले बगायो

नवलपुरमा धानको विउ पुर्‍याउन जाँदा एक पुरुषलाई खोलाले बगायो
नवलपुर । नवलपुरमा धानको विउ छोड्न बारीमा जाँदै गरेका एक पुरुषलाई खोलाले वगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाँउपालिका २ का ६८ बर्षीय केसबहादुरलाई खोलाले बगाएको हो । बुधबार खेतमा धानको विउ छोड्न जाने क्रममा उनलाई मध्यविन्दु ९ को सिम्रनी खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी राखिएको छ ।