×

नवलपुर विशेष

जयश्री च्यारिटी नेपालले आयोजना गरेको रक्तदानमा ११५ जनाद्धारा रक्तदान

जयश्री च्यारिटी नेपालले आयोजना गरेको रक्तदानमा ११५ जनाद्धारा रक्तदान
गैँडाकोट । जयश्री च्यारिटी नेपाल एवम् जयश्री फुड्स प्रालिको आयोजना तथा नवजागरण ग्रामिण विकासकेन्द्र को सहयोगमा गैँडाकोटमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा १०२ जना पुरुष र १३ जना महिला रहेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ९ स्थित जयश्री फुड्स प्रालिको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेको जयश्री फुड्स प्रालिका व्यवस्थापक अमित अग्रवालले जानकारी दिनुभयो । जयश्री फुड्सका महाप्रवन्धक एवं जयश्री च्यारिटी ने...

शनिवार विहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म गैँडाकोटमा विद्युत्त अवरुद्ध हुने

शनिवार विहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म गैँडाकोटमा विद्युत्त अवरुद्ध हुने
गैँडाकोट । नवलपरासी(पूर्व)को गैँडाकोटमा शनिवार दिनभर विद्युत्त अवरुद्ध हुने भएको छ । मुकुन्दपुर सबस्टेशनमा सिटी अपग्रेड गर्नुुपर्ने भएकोले विहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म विजुली अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ । केन्द्रको सूचना अनुसार मुकुन्दपुर सबस्टेशनबाट लाइन प्रशारण हुने गैँडाकोट नगरपालिका वडा नं. १,२,३,४,५,६,७,८,९,१० र १८ लगायतका वडाहरुमा विद्युुत्त आपुर्ति बन्द हुनेछ । लाइन अवरुद्ध हुने बारेकाे सूचना ।

प्रेस युनियन नवलपुरको एघारौँ अधिवेशन जेठ ५ गते हुने

प्रेस युनियन नवलपुरको एघारौँ अधिवेशन जेठ ५ गते हुने
नवलपुर । नेपाल प्रेस युनियन नवलपुरको एघारौँ अधिवेशन आउँदो ज्येष्ठ ५ गते हुनेभएको छ । युनियनको आज बसेको जिल्ला कार्यसमितिको बैठकले कावासोती नगरपालिका वडा नं. ८ स्थित नेपाल आमा समूहको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनले आगामी तीनवर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने प्रेस युनियन नवलपुरले जनाएको छ । सकेसम्म सहमतिका लागि प्रयास गरिने नभए निर्वाचन मार्फत भएपनि नेतृत्वको टुंगो लगाउने युनियनको तयारी छ । युनियन नवलपुरको अध्यक्ष पदका लागि आशिष रेग्मी, नव...

प्रथम सूर्यभक्त पतनादेवी स्मृति खुल्ला भलिवल प्रतियोगिता आजदेखि गैँडाकोटमा सुरु

प्रथम सूर्यभक्त पतनादेवी स्मृति खुल्ला भलिवल प्रतियोगिता आजदेखि गैँडाकोटमा सुरु
गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजदेखि प्रथम सूर्यभक्त पतनादेवी स्मृति खुल्ला नकआउट भलिवल प्रतियोगिता सुरु भएको छ । एसपीएम कलेज स्वतन्त्र विद्यार्थी यूनियन गैँडाकोट २ को आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितमा कुुल २३ वटा समूहको सहभागिता रहेको स्वतन्त्र विद्यार्थी यूनियन एसपीएम कलेजका सभापति विज्ञान न्यौपानेले जानकारी दिनुभयो ।प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा न्यू प्रगतिशिल यूवाक्लव खाल्टेलाई हराउँदै आयोजक स्ववीयू एसपीएम विजयी भएको छ । प्रतियोगितामा प्...

८४ नाघेका ज्येष्ठ नागरिकलाई गैँडाकाेटमा सम्मान

८४ नाघेका ज्येष्ठ नागरिकलाई गैँडाकाेटमा सम्मान
गैँडाकोट । गैँडाकोट ६ का ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक संघ गैँडाकोट ६ ले आफ्नो वडामा भएको ३० जना ज्येष्ठ नागरिकलाई दोसल्ला र गुलकोज दिएर सम्मान गरेको हो ।कार्यक्रममा गैँडाकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख छत्रराज पौडेलले ज्येष्ठ नागरिकसँग धेरै ज्ञान, अनुभवहरु रहेको बताउँदै यसले नयाँ पिढिलाई सहि बाटो देखाउन मद्दत गर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई घरपरिवार, समाज सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।गैंडाकोट वडा नं ६ का वडा अध्यक्ष...

जयश्री च्यारिटी नेपालले वैशाख ३० गते बृहत रक्तदान कार्यक्रम गर्ने

जयश्री च्यारिटी नेपालले वैशाख ३० गते बृहत रक्तदान कार्यक्रम गर्ने
गैँडाकोट । जयश्री च्यारिटी नेपालले यहि वैशाख ३० गते बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएकाे छ । गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रालिको प्राङ्गणमा वैशाख ३० गते शनिबार बिहान ७ बजेदेखी रक्तदान कार्यक्रमको आयोजना गरिएको जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जानकारी दिनुभयो । बढ्दो रक्तअभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । यसअघि पनि जयश्री फुड्स तथा च्यारिटी नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभि...

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ ।प्रधानम...

प्रथम सूर्यभक्त पतनादेवी स्मृति खुल्ला भलिवल प्रतियोगिता बैसाख २८ गतेदेखि

प्रथम सूर्यभक्त पतनादेवी स्मृति खुल्ला भलिवल प्रतियोगिता बैसाख २८ गतेदेखि
नारायण पाैडेल  गैँडाकोट । नवलपुरको गैँडाकोटमा बैसाख २८ गतेदेखि जेष्ठ ३ गतेसम्म प्रथम सूर्यभक्त पतनादेवी स्मृति खुल्ला भलिवल प्रतियोगिता सुरु हुने भएको छ ।एसपीएम कलेज स्वतन्त्र विद्यार्थी यूनियन गैँडाकोट २ को आयोजनामा हुने प्रतियोगिताको तयारी तिव्र बनाइएको कलेज परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र विद्यार्थी यूनियन एसपीएम कलेजका सभापति विज्ञान न्यौपानेले नवलपुर र चितवनका गरि कुल २२ वटा समूहले खुल्ला भलिवल प्रतियोगितामा सह...

धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

धनुषामा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो । शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं। २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार बालक डुबेको खबर पाएलगत्तै प्रहरी टोली पुगेर दुवैलाई प...