नवलपरासीमा एक दम्पतीको विभत्स हत्या
नवलपुर ।नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ।प्रतापपुर वडा नं। ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराज भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ । सोमबार राति टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको हाे ।
प्रतापपुरकै बैरिहवामा रहेको घरमा छोरीछोरीहरू बस्दै आए पनि उनीहरू भने गाईवस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए।सोही गोठमा उनीहरूको हत्या भएको प्रहरीले जनाएको...


