×

नवलपुर विशेष

चितवनको बाँदरझुलाका २२० घरधुरीलाई नेपाल लिटिल फ्लावर सोसाईटीद्धारा खाद्यान्न बितरण 

चितवनको बाँदरझुलाका २२० घरधुरीलाई नेपाल लिटिल फ्लावर सोसाईटीद्धारा खाद्यान्न बितरण 
चितवन । सामाजिक संस्था नेपाल लिटिल फ्लावर सोसाईटीले माडी नगरपालिका वडा नम्बर ९ स्थित बांँदरझुलाका विपन्न तथा चेपाङ्ग समुदायका २२० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । ती समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले आज सोसाईटीले शान्ति मेड नेपालको सहयोगमा खाद्यान्न वितरण गरेको हो । आज हरेक घरधुरीलाई १ बोरा चामल, र ३ केजी दाल वितरण गरेको लिटिल फ्लावर स्कुल सेहरी नवलपरासीका प्राचार्य फादर रोवी क्युले जानकारी दिनुभयो । यसको साथै ती विपन्न परिवारका १७५ विद्यार्थीलाई पोषण वितरण गरिएक...

एसईई नतिजा यसै साताभित्र आउने

एसईई नतिजा यसै साताभित्र आउने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन । प्राविधिक समस्या ...

कावासोतीमा खोलामा डुबेर १० बर्षीय बालकको मृत्यु

कावासोतीमा खोलामा डुबेर १० बर्षीय बालकको मृत्यु
गैँडाकोट । नवलपुरमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नं. ७ बस्ने चेतनारायण अधिकारीको छोरा १० वर्षका अप्सन अधिकारीको छुसाडी खोलामा डुबेर मृत्युु भएको हो । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको शव आज मध्यान्न १२ वजे फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनको शव घटनास्थलदेखि १५सय मिटर दक्षिण ...

गैँडाकोट शान्ति बनबाटिका परिसरमा वृक्षारोपण

गैँडाकोट शान्ति बनबाटिका परिसरमा वृक्षारोपण
गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं। मा रहेको गैँडाकोट शान्ति बनबाटिका परिसरमा शनिवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । अमला, चीउरी, धुपी,कपुर, निम, अशोका, अम्बा, म्याङ्गोट्री लगायतका सयभन्दा बढी विरुवाहरु रोपिएको हो । गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता एवंम् मौलाकालिका समाजकेन्द्र नेपालका अध्यक्ष गोविन्द रेग्मीको अध्यक्षतामा वृक्षारोपण  कार्यक्रम सम्पन्न गरिएको मौलाकालिका समाजकेन्द्र नेपालका सचिव गणेश अधिकारीले जानकारी दिनुभयो । व...

मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे

मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे
नवलपुर –यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुग्नुभएको थियो । जिल्लाको मध्यविन्दु–३ बाट आउनुभएकी उहाँले हामीसँगको कुराकानीमा १७ वर्षपछि आज मन्दिर पुगेको बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)  को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायको भनाइ थियो । “सत्र वर्षअघिसम्म त वर्षमा द...

किसान बचतको आयोजनामा भएको रक्तदानमा २३८ जनाद्धारा रक्तदान

किसान बचतको आयोजनामा भएको रक्तदानमा २३८ जनाद्धारा रक्तदान
गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाको २८औँ स्थापना दिवशको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २३८ जनाले रक्तदान गरेका छन् । संस्था स्थापना दिवशको अवसरमा गैँडाकोट र कावासोतीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २३८ जनाले रक्तदान गरेको किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो । किसान बचत तथा ऋण सहकारी संस्थाका सहसचिव दुर्गाप्रसाद चालिसेको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको प्रमुख आतिथ्यतामा ...

गैँडाकोटका मासु पसलमा सरकारी कार्यालयको संयूक्त अनुगमन – सरसफाइको पूर्ण पालना गर्न निर्देशन

गैँडाकोटका मासु पसलमा सरकारी कार्यालयको  संयूक्त अनुगमन – सरसफाइको पूर्ण पालना गर्न निर्देशन
गैँडाकोट । नवलपुरको गैँडाकोटका मासु पसलहरुले  सरसफाइमा ध्यान नदिएको पाइएको छ । जिल्ला प्रशसन कार्यालय नवलपुर, भेटेनरी अस्पताल तथा पशसेवाविज्ञ केन्द्र र पर्यटन तथा उद्योग कार्यालय नवलपुरले आज गरेको गरेको संयुक्त अनुगमनका क्रममा मासु पसलहरुमा सरसफाइको पालना नगरेको पाइएको हो । गैँडाकोट नगरपालिका वडा नं। ७ मा रहेको नेपाल मिट प्रोसेसिङ इन्डस्ट्रिज प्रालि, गैँडाकोट ४ मा रहेको कालिका मिट एण्ड पोल्ट्री सप्लायर्स , तनँहु मिट सप , गैँडाकोट ८ मा रहेको सन्तोष फ्रेस हाउस हाउस, ठुल्दाइ ...

प्रधानमन्त्री निवास नै निल्न खोज्नेलाई छाड्दैनौं :प्रधानमन्त्री

प्रधानमन्त्री निवास नै निल्न खोज्नेलाई छाड्दैनौं :प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणाथी प्रकरणको दोषीलाई कारवाही गरेपछि सरकारप्रति जनताको आशा बढेको बताएका छन्।प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानून ठुलोसानो सबैलाई समान हुन्छ भन्ने प्रमाणित भएको दाबी गरे। उनले भने, ‘उच्च पदस्थ र देशको एउटा वर्ग कानूनभन्दामाथि हुन्छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ। यो काण्डको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ पनि सुरु भएको छ। यो प्रक्रिया यतिमा रोकिने छैन म सबैलाई ...

सुनवलमा छोराले गरे आमाको हत्या

सुनवलमा छोराले गरे आमाको हत्या
परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका १३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको र आक्रमण गर्ने छोरा भागेर रुपन्देही पुगेको प्रहरीले बताएको छ ।आमाको हत्या गरेर ...