×

गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं। मा रहेको गैँडाकोट शान्ति बनबाटिका परिसरमा शनिवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । अमला, चीउरी, धुपी,कपुर, निम, अशोका, अम्बा, म्याङ्गोट्री लगायतका सयभन्दा बढी विरुवाहरु रोपिएको हो ।

गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता एवंम् मौलाकालिका समाजकेन्द्र नेपालका अध्यक्ष गोविन्द रेग्मीको अध्यक्षतामा वृक्षारोपण  कार्यक्रम सम्पन्न गरिएको मौलाकालिका समाजकेन्द्र नेपालका सचिव गणेश अधिकारीले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा गैडाकोट वडा नं. १ का वडा अध्यक्ष सुरेन्द्र रेग्मी, मौलाकाली सामुदायिक वनका उपाध्यक्ष भगवान घिमिरे,जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जगन्नाथ पौडेल, मौलाकालिका समाजकेन्द्र नेपालका सल्लाहाकार संयोजक हरि प्रसाद सापकोटा, पूर्व अध्यक्ष प्रेम प्रसाद सापकोटा, कमल प्रसाद कंडेल, पुरुषोत्तम गौडेल (प्रमोद ) लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया