माडी नगरपालिकामा अनियमितताको गन्ध, महालेखाले भन्यो- सरकारी पैसामा जुत्ता किन किनेको ?
चितवन । चितवनको माडी नगरपालिकाले सरकारी पैसाको ब्यापक दुरुपयोग गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार माडी नगरपालिकाभित्र आर्थिक अनियमितता भएको देखिएको छ ।
महालेखाका अनुसार माडी नगरपालिकाको आर्थिक वर्ष २०७९।८० को अन्तिम लेखापरिक्षणको प्रतिवेदनमा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि १६ थान स्पोर्टस जुत्ता खरिद गरिएको छ । १६ थान जुत्ताका लागि नगरपालिकाले प्रतिजुत्ता ४ हजार एघार रुपैया ५० पैसा खर्च गरेको छ ।
जयश्री शिवम् सप्लार्यससँग जुत्त...


