×

चितवन सेरोफेरो

कालिकामा कयर खोलाले बगाएर एक जनाको मृत्यु

कालिकामा कयर खोलाले बगाएर एक जनाको मृत्यु
चितवन-  चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर कालिका वडा न. १० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । बिहीवार बेलुका ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो । खोलाले बगाएको ठाउँबाट करिबब डेढ किमी तल निपुवाटारस्थित खोला किनारमा आज बिहान चेपाङको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।...

चितवनमा कन्टेनर र ट्रक ठक्कर खादा २ जना चालकको मृत्यु

चितवनमा कन्टेनर र ट्रक ठक्कर खादा २ जना चालकको मृत्यु
  चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा कन्टेनर र ट्रक एक आपसमा ठक्करखाँदा २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतीय ट्रकका चालक उत्तर प्रदेश घर भएका २४ वर्षका हेहताव आलम र कन्टेनर चालक विरगंग घर भएका ४० वर्षका प्रमोद पटेल रहेका छन् । नारायणगढबाट मुग्लिन जादै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरित दिशााबाट आउदै गरेको भारतीय नम्बरको ट्रक एक आपशमा भतेरी जंगलमा जुध्दा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

सर्पले डसेर चितवनको माडीमा एक बालिकाको मृत्यु

सर्पले डसेर चितवनको माडीमा एक बालिकाको मृत्यु
चितवन । सर्पदंशका कारण माडीको बाँदरझुला (हनुमानझुला)मा एक बालिकाको मृत्यु भएको छ ।माडी न.पा-९ हनुमानझुलाको प्लट नं. १ (हाल कृषि कामका लागि ठोरी गाउँपालिका-१, घोलगाउँ) निवासी बिजय लामा थिंगका ७ बर्षीया छोरी एलिसा थिंगको सर्पदंशका कारण मृत्यु भएको हो । बिहीबार (आज) बिहान करीब ४ बजे सर्पले टोकेकोमा एम्बुलेन्समार्फत बीरगंजतर्फ लैजाने क्रममा बाटोमै बालिकाको आफन्त मदन मोक्तानले जानकारी दिनुभयो । एकाबिहानै सर्पदंशका कारण बालिकाको मृत्यु भएसंगै हनुमानझुला क्षेत्र यतिखेर शोकमा परेको ...

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थल...

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पोथी गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पोथी गैंडा मृत फेला
चितवन- चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा एउटा पोथी गैंडा मृत फेला परेको छ ।कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा एउटा बुढो पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ भने शरिरमा कुनै चोटपटक देखिएको छैन । उक्त गैंडा बुढो भएर मरेको हुन सक्ने अनुमान गरिएको तिवारीले बताए । गैंडा मृत फेला परेको विषयमा थप अनुसन्धान भइरहेको...

फिस्लिङको पहिरो हटाइयो, राजमार्ग सञ्चालन

फिस्लिङको पहिरो हटाइयो, राजमार्ग सञ्चालन
चितवन। चितवनको फिस्लिङमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन-काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ ।सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।सडक सञ्चालनमा आएपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

स्थापना दिवसमा भरतपुरको टेलिकम वर्कर्स युनियनद्धारा आदर्श गृहमा भोजन सेवा

स्थापना दिवसमा भरतपुरको टेलिकम वर्कर्स युनियनद्धारा आदर्श गृहमा भोजन सेवा
  चितवन- स्थापना दिवसको अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कस युनियनको ३३ औं स्थापना दिवस र ४२ औं विपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असाहय बालबालिकालाई भोजनको ब्यवस्था गरेको हो । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । युनियनका अध्यक्ष सुरेश अधिकारले विगतमा पनि समाजिक सेवाको कार्यक्रम गरेको बताउँदै रचनात्मक काम गरेको बताए । ‘ हामीले मजदुरको आन्दोलन मात्रै होईन , समा...

बोस्टन इन्टरनेशल कलेजमा ब्याचलर अफ होटल म्यानेजमेन्ट ( BHM ) कार्यक्रम सुरु

बोस्टन इन्टरनेशल कलेजमा ब्याचलर अफ होटल म्यानेजमेन्ट ( BHM ) कार्यक्रम सुरु
  चितवन - चितवनको भरतपुरमा रहेको बोस्टन इन्टरनेशल कलेजमा यसै शैक्षिकसत्र देखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रम सुरु भएको छ । बीबीए, बीबीए फाइनान्स, बीसीएसआइटी अध्यापन गराउदै आएको बोस्टनले शैक्षिकसत्र २०८१/८२ देखि नयाँ कार्यक्रम “ब्याचलर अफ होटल म्यानेजमेन्ट” सुरु गर्न लागेको हो । शुक्रबार भरतपुरमा आयोजित एक विशेष कार्यक्रम मार्फत कलेजले BHM कार्यक्रमको शुभारम्भ गरेको छ । बोस्टन इन्टरनेशल कलेजका अध्यक्ष आनन्द बहादुर चन्दको अध्यक्षता तथा भरतपुर महानगरप...

भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव

भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
काठमाडौं ।सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । शवको पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दि...