प्रभु बैंकका ग्राहकलाई चितवनको कलेज अफ मेडिकल साइन्सेसमा २० प्रतिशतसम्म छुट
चितवन - प्रभु बैंक लिमिटेडका ग्राहकले भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित कलेज अफ मेडिकल साइन्सेस (सीओएमएस) मा छुट पाउने भएका छन्। बैंकले सीओएमएससँग आइतबार छुटसम्बन्धी समझदारी भएको जनाएको छ।समझदारीपत्रमा बैंकका प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र सीओएमएसका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्सेसमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिंदा विशेष छुट पाउने छन्। सीओएमएसमा उपचार गर्दा औषधि, सीटी स्क्या...


