×

चितवन सेरोफेरो

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
  विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी छ । कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले पनि अधिकारीलाई काठमाडौं पठाउन लागिएको पुष्टि गरे । कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ...

चितवनको कालिका र राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

चितवनको कालिका र राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा
चितवन - चितवनको कालिका र राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । कालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा (गौमत) र राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाहको सरुवा भएको हो । कालिकाका कार्यकारी गौतम गृहमन्त्रालय र राप्तीका कार्यकारी शाह जिल्ला समन्वय समितिको कार्यालय धनुषा पुगेका छन् । उनिहरुको ठाउमा को आउने भन्नेबारेमा अहिलेसम्म कुनै सूचना प्राप्त हुन सकेको छैन ।

माइतीघरमा रास्वपाको प्रदर्शन 

माइतीघरमा रास्वपाको प्रदर्शन 
  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न ७ दिन म्याद थपिएपछि सो पार्टीका कार्यकर्ताहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । रास्वपाले केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक प्रतिशोध साधेको भन्दै माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘सहकारी पीडितको एउटै माग बचत रकम फिर्ता गर’, ‘सत्ताको दुरुपयोग बन्द गर’, ‘सरकार, दम्भ नदेखाऊ नेपाली जनता जिउँदै छन्’, ‘८८ अर्ब फिर्ता गर’, ‘सत्य...

आईजीपी बसन्त कुँवरद्धारा समाजसेवी पण्डित सम्मानित

आईजीपी बसन्त कुँवरद्धारा समाजसेवी पण्डित सम्मानित
  चितवन -  नेपाल प्रहरी महानिरीक्षक  बसन्त कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको परिसरमा नवनिर्मित दुईवटा भवनहरुको उद्घाटन गरेका छन्। बिहिबार आयोजित एक समारोहबीच आइजीपी कुवारले ती भवनहरूको उद्घाटन गरेका हुन्। उद्घाटनपछि आईजीपी कुवँरले नवनिर्मित भवनहरूको निरीक्षण गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आइजिपी कुवँरले शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्प...

चितवनका सीडीओ र एसपीको सरुवा,नयाँ सीडीओ प्रकाश पौडेल आउने

चितवनका सीडीओ र एसपीको सरुवा,नयाँ सीडीओ प्रकाश पौडेल आउने
चितवन- चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । चितवन आएको साढे चार महिनामा नै उनको सरुवा भएको हो । उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सीडीओ यादवले पनि आफ्नो सरुवा भएको  बताए । उनले भने,सरुवा भएको कुरा साँचो हो,रास्वपाको प्रर्दशनमा प्रधानमन्त्रीकोे पुत्ला बनाएर बोकेको कुरालाई कारण बनाइएको छ । उनका अनुसार चितवनका प्रहरी प्रमुख  भावेष रिमालको पनि सरुवा भएको छ । उनको कहाँ सरुवा भयो भन्ने ...

चितवनमा ट्रक र एक ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवनमा ट्रक र एक ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते
चितवन- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राति ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट टांडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर एक आपसमा ठोक्किएका थिए । ट्याङकर पछाडि ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किएको जिल्ला प्...

चितवनमा आजदेखि माछाविज्ञ र किसानको सम्मेलन

चितवनमा आजदेखि माछाविज्ञ र किसानको सम्मेलन
  चितवन - चितवनको भरतपुरमा माछा विज्ञ तथा किसानहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । भरतपुरस्थित ग्लालेक्सी गार्डेन रिसोर्टमाआजदेखि  ९ कात्तिकसम्म चल्ने सम्मेलनमा विभिन्न १० वटा देशका २०० वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता, मत्स्य विकास अधिकृत, उद्यमी, किसान तथा विद्यार्थी सहभागी रहने आयोजकले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपाल फिरिसज सोसाइटी, कृषि तथा वन विज्ञान विश्वविद्यालय, केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र, ने...

चितवनको खैरहनीमा डाक्टरले इन्जेक्सन दिएपछि विरामीको मृत्यु, आफन्तहरु आक्रोसित

चितवनको खैरहनीमा डाक्टरले इन्जेक्सन दिएपछि विरामीको मृत्यु, आफन्तहरु आक्रोसित
चितवन- चितवनको खैरहनी नगरपालिका–६ पुरानो पर्सामा श्वासप्रश्वासमा समस्या भई उपचारको लागि मेडिकल पुगेकी एक महिलाको मृत्यु भएको छ।पर्वत फलेवास नगरपालिका–३ कार्की टोल घर भई हाल चितवन खैरहनी नगरपालिका–५ बुडौली स्थितमा कोठा भाडामा लिई बस्ने वर्ष ४१ की तुलसी कार्कीले कात्तिक ३ गतेदेखि स्थानीय चौधरी मेडिकलमा उपचार गराउँदै आएकी थिइन् । सोमवार राति साढे ८ बजे चिकित्सकले इन्जेक्सन दिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । विरामीको मृत्यु भएपछि आफन्तहरु ...

चितवनको माडीमा भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

चितवनको माडीमा भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ
चितवन- भाउजु हत्या गरेको अभियोगमा ज्वाई(नन्दको श्रीमान) लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ बर्षिया बिष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ बर्षिय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो । रानाभाटले भाउजुको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार असोज १९ गतेदेखि घरबाट हराइरहेकी बिष्णुमायाको शव असोज २१ ग...