×

चितवन सेरोफेरो

चितवनमा देखियो बर्डफ्लू, नियन्त्रणको कार्य शुरु

चितवनमा देखियो बर्डफ्लू, नियन्त्रणको कार्य शुरु
चितवन। जिल्लामा कुखुरामा लाग्ने बर्डफ्लू देखिएको छ । राप्ती नगरपालिका वडा नं। ६ स्थित एक फर्ममा बर्डफ्लू देखिएको हो ।प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले एउटा फर्ममा देखिएको र त्यसलाई नियन्त्रणमा लिने कार्य शुरु भएको बताउनु भयो । गत माघ २५ गते नमूना परीक्षण गरिएकोमा २७ गते बर्डफ्लू पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।उक्त फर्मको एक सय मिटर वरपरका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले  जानकारी दिनुभयो ।

देव अस्पतालका  सापकोटा र रत्ननगरका न्यौपाने नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा पक्राउ

देव अस्पतालका  सापकोटा र रत्ननगरका न्यौपाने नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक हेल्थ एसिस्टेन्ट २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई य...

एमाले चितवनको अध्यक्षमा युवानेता रामप्रसाद न्यौपाने चयन

एमाले चितवनको अध्यक्षमा युवानेता रामप्रसाद न्यौपाने चयन
चितवन । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चितवनको अध्यक्षमा राम न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । १० औं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।लामो समयपछि आज जिल्ला नेतृत्वको टुंगो लागेको एमाले स्रोतले जानकारी दिएको छ । एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन हुनुभएको छ । आजै १३२ सदस्सीय जिल्ला कमिटीको घोषणा हुँदैछ । ६ जना एकता प्रकृया र ६ जना मनोनितसहित १३२ जना ...

मृतावस्थामा गैँडा फेला

मृतावस्थामा गैँडा फेला
चितवन। चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उहाँले बताउनुभयो । निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् । –रासस

राप्रपा रत्ननगर नगरपालिकाको कार्यालयकाे उद्घाटन

राप्रपा रत्ननगर नगरपालिकाको कार्यालयकाे उद्घाटन
चितवन । राष्ट्रिय प्रजातन्त्रपार्टी रत्ननगर नगरपालिकाको कार्यालय उद्घाटन भएको छ ।नगरपालिकाको १० नं। वडामा स्थापना गरिएको कार्यालयको राप्रपाकी केन्द्रीय सहमहामन्त्री तथा वाग्मती प्रदेश सांसद रिना गुरुङले उद्घाटन गरेकी हुन् । उद्घाटनपछि आउँदै गरेको तीनै तहको चुनावमा चितवनलाई राप्रपामय बनाउन गुरुङले सबैलाई आग्रह गरेकी छन् । राप्रपाले विभिन्न स्थानीय तहका वडामा कार्यालय भवनको उद्घाटन गरिहेको राप्रपा चितवनका युवा नेता सुलव सिग्देलले बताए । राप्रपा रत्ननगर नगरपालिकाका अध्यक्ष...

चितवनका बिकर्ण कुमार श्रेष्ठद्धारा डेढ घण्टा पानीमा तैरिएर विश्व कीर्तिमान कायम

चितवनका बिकर्ण कुमार श्रेष्ठद्धारा डेढ घण्टा पानीमा तैरिएर विश्व कीर्तिमान कायम
चितवन – चितवनका बिकर्ण कुमार श्रेष्ठले पानीमा डेढ घण्टासम्म तैरिएर विश्व बुक अफ रेकर्ड राख्न सफल भएका छन् ।यसै वर्षको साउनमा स्कोलास्टिक फाउन्डेसन नेपालले धुलिखेलमा दी स्कोलर्स टक शो २०२१ को आयोजना गरेको थियो । उक्त कार्यक्रममा श्रेष्ठले डेढ घण्टासम्म पानीमा उत्रिएका थिए । फाउन्डेसनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी श्रेष्ठले वल्र्ड रेकर्ड राख्न सफल भएको जानकारी दिएको हो । अन्तराष्ट्रिय मापदण्डको पालना गरी गरिएको कार्यक्रममा श्रेष्ठले दिएको प्रस्तुतीका आधारमा उनले वल्र्ड र...

ठिमुरा देवघाट जोड्ने पुलको काम तत्काल अघि बढाउन माग

ठिमुरा देवघाट जोड्ने पुलको काम तत्काल अघि बढाउन माग
चितवन – तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदीको पुल निर्माणको काम तत्काल अघि बढाउन पक्की पुल निर्माण समितिले माग गरेको छ ।समितिले आज शुक्रबार जिल्ला समन्वय समिति तनहुँलाई ज्ञापनपत्र बुझाउदै तत्काल पुलको काम अघि बढाउन माग गरेको हो । ज्ञापनपत्रमा माघ २५ गते भित्र कार्य प्रगति हुने गरी काम अघि बढाउन भनिएको छ । समितिले सो मिति भित्र काम अघि नबढेको खण्डमा संघर्षको कार्यक्रममा गरिने चेतावनी समेत दिएको छ । त्रिशुली नदीमा पुल निर्माणको क्रममा गत वर्षको चैत २४ गते दुई ...

चितवनमा क्यान्सर रोगका बिरामी पुरुष भन्दा महिला धेरै

चितवनमा क्यान्सर रोगका बिरामी पुरुष भन्दा महिला धेरै
चितवन । पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र पुरुष ४५ प्रतिशत छन् । गत आर्थिक वर्षमा अस्पतालमा ९० हजार ५७१ ले सेवा लिएकामा चार हजार ६०८ नयाँ क्यान्सरका बिरामी थिए । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार नयाँ क्यान्सका बिरामीमध्ये दुई हजार ५१७...

चुनावकाे मिति घोषणाकाे माग गर्दै  चितवनमा युवासंघ र अखिलद्धारा मसाल जुलुस प्रदर्शन

चुनावकाे मिति घोषणाकाे माग गर्दै  चितवनमा युवासंघ र अखिलद्धारा मसाल जुलुस प्रदर्शन
चितवन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु चितवनले भरतपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।उनीहरुले प्रधानमन्त्री देउवाको विरुद्धमा चर्को नाराबाजी गर्दै दर्जनभन्दा बढी पुत्ला दहन गरेका छन् । उनीहरुले मसाल जुलुस समेत निकालेका थिए । वीरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु भएको मसाल जुलुस चौबिसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रहरीले मसाल जुलुस खोस्न खोजे पनि छल्दै उनीहरुले चौबिसकोठीसम्म मसाल बालेका थिए । स्थानीय तह निर्वाचनको मित...