×

चितवन सेरोफेरो

चित्तल मारेको भन्दै भिजन सप्लायर्सको गाडी वन कार्यालयको नियन्त्रणमा

चित्तल मारेको भन्दै भिजन सप्लायर्सको गाडी  वन कार्यालयको नियन्त्रणमा
भरतपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको टिकौली जंगलमा चित्तल मार्ने एउटा बोलेरो गाडीलाई डिभिजन वन कार्यालय भरतपुरले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार सुरेशचन्द्र अधिकारीको व्यवसाय भिजन सप्लायर्सको नाममा रहेको बा १० च २७९४ नम्बरको बोलेरोले कार्तिक २ गते टिकौलीमा चित्तललाई ठक्कर दिएको थियो । दूध बोकेर टाँडीतर्फ जाँदै गरेको बोलेरोको ठक्करबाट करिब डेढ वर्षको भाले चित्तल मरेको थियो । अधिकारीको बसेनीमा दूध डेर...

चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिंदा महिलाको मृत्यु

चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिंदा महिलाको मृत्यु
चितवन । भरतपुर चनौली सडक खण्डको कल्याणपुर चोकमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ विकास चोक निवासी ४६ वर्षिया शुलोचना ढकाल रहेकी छिन् । मंगलपुरबाट चौबीसकोठी तर्फ आउँदै गरेको ग ३ च ४०३८ नम्बरको बोलेरोले सोही दिशाबाट आउँदै गरेको ना ६० प ९९०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्करबाट घाईते ढकालको उपचारका क्रममा आज दिउँसो चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्क...

देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गरेँ चितवनका कांग्रेसी हामीलाई लखेट्छौं भन्दा रहेछन : प्रचण्ड

देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गरेँ चितवनका कांग्रेसी हामीलाई लखेट्छौं भन्दा रहेछन : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवनमा छन्।चितवनका विभिन्न ठाउँमा आयोजित पार्टीका कार्यक्रमलाई उनले सम्बोधन गरेका छन् भने नेता तथा कार्यकर्ता भेटघाटसमेत गरेका छन्। यसैबीच प्रचण्ड आज भरतपुर महानगरले आयोजना गरेको शुभकामना आदानप्रदानमा पनि सहभागी रहेका थिए।उनले त्यहाँ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताप्रति भने असन्तुष्टि पोखेका थिए। ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको...

केही समयभित्रै देखिने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ : प्रचण्ड

केही समयभित्रै देखिने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ : प्रचण्ड
  चितवन ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै देखिने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुने बताउनुभएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थयकर्मी महासंघ चितवनले आज भरतपुरमा आयोजना गरेको “चितवनको स्वास्थ्य सरोकारमा क। प्रचण्ड” विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा सुधार हुन थालेछ भन्ने देखिने गरी काम गर्ने बताउनुभयो । अन्तक्र्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै दाहालले भन्...

सांसदका रुपमा निर्वाचन लड्ने मेरो अन्तिम हुन सक्छ, चितवन छाड्दिन : दाहाल

सांसदका रुपमा निर्वाचन लड्ने मेरो अन्तिम हुन सक्छ, चितवन छाड्दिन : दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको हो । उहाँले भन्नुभयो “सांसदका रुपमा निर्बाचन लड्ने मेरो अन्तिम हुन सक्छ । चितवन छाड्दिन ।” उहाँले एमालेले १० औं महाधिबेशन चितवनमा गर्न लागेको बिषयमा आफुलाई बिजयी गराउन सुरुवात गरेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “एमालेले महाधिब...

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

मङ्सिर र पुसमा बाघ गणनाको तयारी
चितवन - राष्ट्रिय निकुञ्जमा आउँदो मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ ।नेपालमा हरेक चाररपाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गए पछि बाघ घाँसे...

पोलियो दिवसमा एक्सपर्ट एजुकेशन सम्मानित

पोलियो दिवसमा एक्सपर्ट एजुकेशन सम्मानित
चितवन । अन्तर्राष्ट्रिय पोलियो दिवसको अवसरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनलाई सम्मान गरिएको छ ।चितवन र नवलपुर जिल्लाका रोटरी क्लवहरुले संयुक्त रुपमा आइतबार आयोजना गरेको कार्यक्रममा एक्सपर्टलाई कदरपत्रले सम्मान गरिएको हो । पोलियो दिवसको अवसरमा आयोजित जनचेतनामुलक साइकल, मोटरसाइकल र कार र्‍यालीको समापन कार्यक्रमका प्रमुख अतिथि रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका पूर्व डिष्ट्रिक्ट गर्भनर रविन्द्र पियाले एक्सपर्टका लेखा प्रमुख किरण पौडेललाई कदरपत्रले स...

एमाले भरतपुर १ को अध्यक्षमा शुक्र कुमार श्रेष्ठ

एमाले भरतपुर  १ को अध्यक्षमा शुक्र कुमार श्रेष्ठ
चितवन । नेकपा एमाले भरतपुर महानगरपालिका वडा नंं १ को अध्यक्षमा शुक्र कुमार श्रेष्ठ चयन भएकाछन्। आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन्। आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा दिपक भन्डारी , सचिवमा केशब घिमिरे ,उपसचिवमा टिकादत्त भट्टराई र सरस्वती जिसि सहित ५१ सदस्यीय कमिटी गठन गरेको छ। नेकपा एमाले को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तर (चितवनका ९८ वडा) अधिवेशन सम्पन्न भएका छन्। अधिवेसनले वडा न १ बाट पुरूष तर्फ प...

रत्ननगर अस्पतालमा अज्ञात समूहद्वारा तोडफोड

रत्ननगर अस्पतालमा अज्ञात समूहद्वारा तोडफोड
चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५र६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताए । उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका बगालेले बताए । तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान भएको छैन । उनीहरु फरार छन् । तोडफोड र कुटपिटमा सं...