चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा गोपाल भट्टराई
चितवन । चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।आज सम्पन्न वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट संथापक उपाध्यक्ष समेत रहेका भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
भट्टराईको नेतृत्वमा तीन वर्षे कार्यकालको लागि २१ सदस्य कार्यसमिति निर्वाचित भएका छन् । अध्यक्ष दीर्घमान श्रेष्ठको अध्यक्षता सम्पन्न अधिवेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठ...


