×

खेलकुद

विश्वकपमा अपराजित भारत : बंगलादेशमाथि ५० रनको शानदार जित

विश्वकपमा अपराजित भारत : बंगलादेशमाथि ५० रनको शानदार जित
काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको ‘सुपर-८’को खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित निकालेको छ ।जारी विश्वकपमा अपराजित भारत सेमिफाइनल नजिक पुगेको छ । ‘सुपर- ८’ मा लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कठिन बनेको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको बंगलादेश आठ विकेट गुमाएर पुरै २० ओभर खेल्दै १४६ रनमा समेटिएको हो ।भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतक ...

बाहिर बसेर बोल्न जति खेल्न सजिलो छैन – सन्दीप लामिछाने

बाहिर बसेर बोल्न जति खेल्न सजिलो छैन – सन्दीप लामिछाने
  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले लामो समयपछि क्रिकेट मैदानमा पाइला राख्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको बताएका छन्। आईसीसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने शनिबार दिउँसो स्वदेश फर्कने क्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्। क्रिकेट टोली स्वदेश फर्किएको ३ दिनपछि सन्दीप शनिबारमात्रै नेपाल आइपुगेका हुन्। उनले विश्वकपको अनुभव सेयर गर्दै भनेका छन्, ‘धेरै लामोसमयपछि क्रिकेटमा पाइला राख्दा आफैँले...

रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० लिग खेल्ने

रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० लिग खेल्ने
काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।रोहितसहित दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले आगामी जुलाईमा हुने ग्लोबल टी-२० लिग खेल्ने पक्का भएको हो । सन्दीप र दीपेन्द्रले टीम भ्यानकुभर नाइट्समा आवद्ध भएका छन् भने रोहित टोरन्टो नेसनलमा आवद्ध हुन् ।सन्दीप र दीपेन्द्र यसअघि नै ग्लोबल टी-२० लिग खेलिसकेका छन् । रोहित भने पहिलो पटक उक्त लिग खेल्न लागेका हुन् । सन्दीप लामिछाने ४० लाख र दीपेन्द्र सिंह ऐरी २४ ल...

रोहित पौडेललाई हात लगाउने बंगलादेशी बलरमाथि आइसीसीको कारवाही

रोहित पौडेललाई हात लगाउने बंगलादेशी बलरमाथि आइसीसीको कारवाही
  काठमाडौं- टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश विरूद्धको म्याचमा गलत व्यवहार गरेको विषयलाई लिएर बंगलादेशी एक बलर दण्डित भएका छन् । खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो ।नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि कारवाही भोगेका हुन् । तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ । आइसीसीको खेलाडी ...

टी-२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

टी-२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै
काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुदै छ ।न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुदै छ । जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ । त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । ...

 सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

 सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने
  काठमाडौं -  क्रिकेटर सन्दीप लामिछानेले जारी आईसीसी पुरुष टी -२० विश्वकपमा वेस्ट इन्डिजमा दुई खेल खेल्ने भएका छन्। क्यानका अनुसार लामिछाने दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्न वेस्ट इन्डिज प्रस्थान गरेका छन्। क्यानले युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो ।

टी-२० विश्वकपः आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतको विजयी सुरूवात

टी-२० विश्वकपः आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतको विजयी सुरूवात
काठमाडौं । आइसिसी टी-२० विश्वकपमा भारतले विजयी सुरूवात गरेको छ।बुधबार न्युयोर्कमा आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतले विश्वकपमा सुखद सुरूवात गरेको हो।आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट मात्रै गुमाएर पूरा गरेको हो। भारतको सहज जितमा कप्तान रोहित शर्माले अर्धशतक प्रहार गरे। उनी ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएपछि चोटका कारण बाहिरिएका थिए।रिसव पन्तले नट आउट ३६ रन बनाए। उनले २६ बलमा ३ चौका र २ छक्का प्रहार गरे। विराट कोहली एक रन...

टी २० विश्वकप : नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित

टी २० विश्वकप : नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको छ।अमेरिकाको टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोर्‍यो। नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।नेदरल्यान्ड्सका लागि ओपनिङ ब्याटर म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे। उनले नटआउट ५४ रन प्रहार गर्ने क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसअघि अर्का ओपनर माइकल लेभिटलाई सो...

नेपाल र नेदरल्यान्ड्सबीचको खेलको टसमा ढिलाइ

नेपाल र नेदरल्यान्ड्सबीचको खेलको टसमा ढिलाइ
डालास । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह डी को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ।अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा वर्षाका कारण टसमा ढिलाइ भएको छ। ८:४५ बजे हुने टस आधा घन्टा ढिला भएको छ। अब टस सवा नौं बजे टस हुनेछ। खेल भने राति १० बजेदेखि सुरु हुनेछ। यो अवस्थामा ओभर घाइटएको छैन।मैदानमा अहिले वर्षा भएको छैन। खेलाडीहरु वार्म अप गरिरहेको छन्।