×

खेलकुद

एसिया कप महिला टी-२०- नेपालले आज युएईसँग खेल्दै

एसिया कप महिला टी-२०- नेपालले आज युएईसँग खेल्दै
काठमाडौं । आजबाट श्रीलङ्कामा एसिया कप महिला टी–२० क्रिकेट सुरु हुँदैछ । आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ। श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले युएईको सामना गर्नेछ। यो खेल आज दिउँसो सवा २ बजे शुरु हुने तालिका छ। नेपालले ८ वर्षपछि एसिया कप महिला टी–२० खेल्न लागेको हो । जुलाई २८ सम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । ८ टीमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसहित भारत, पाकिस्तान र यूएई ...

स्पेन युरो कपको फाइनलमा प्रवेश

स्पेन युरो कपको फाइनलमा प्रवेश
काठमाडौं। फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।जर्मनको म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्न सफल भयो । खेलको पहिलो अग्रता भने फ्रान्सले लिएको थियो । खेलको आठौं मिनेटमा मुआनीले हेडर गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाएका थिए । एम्बाप्पेको पासमा मुआनिले गोल गरेका थिए । तर खेलको २१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो । युरो २०२४ मा सनसनी प्रदर्शन गरिरहेका १६ वर्षीय लामिन यमालले ब...

रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास
काठमाडौँ । टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए । रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिक...

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि
काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५२ रन बनाए पनि हार टार्न सकेनन् । एक समय दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो । १७औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्याले हेनरिक क्ल...

भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा

भारत १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा
काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अल आउट भयो । इंग्ल्यान्डका ह्यारी ब्रुकले १९ बलमा ३ चौकासहित सर्वाधिक २५ रन बनाए । कप्तान जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाए । जोफ्रा आर्चार १५ बलमा १ चौका र २ छक्कासहित २१ रन बनाए । भारतका स्पिनर अक्षर पटेलले ४ ...

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलियाकाे सपना चकनाचुर

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलियाकाे सपना चकनाचुर
काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ ।अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ ।११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो । बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अन्य चलेनन् ।अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४र४ र फजलहक फारुकी र गुलबदिन नाबी एकरएक विकेट लिए ।यसअ...

अष्ट्रेलिया विरुद्ध भारतको विस्फोटक व्याटिङ, २४ रनले विजयी

अष्ट्रेलिया विरुद्ध भारतको विस्फोटक व्याटिङ, २४ रनले विजयी
काठमाडौँ । टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ । २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो । जितसँगै भारत अपराजित रहँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । ...

वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा

वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा
अमेरिका – दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेष्टइन्डिजलाई लाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो । १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६।१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कार...

अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

अमेरिकालाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा
काठमाडौं- इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । ११६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्याएको हो ।इंग्ल्यान्डका कप्तान जोस बट्लरले मात्र ३८ बलमा ८३ रन जोडे । उनले यस क्रममा ६ चौका र ७ छक्का प्रहार गरे । उनलाई फिल साल्टले २१ बलमा २५ रन जोड्दै राम्रो साथ दिए । जितसँगै सुपर ८ को समूह २ बाट इंग्ल्यान्डले टी–२० विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । यसअघि क्रिस जोर्डनको घातक बलिङ गर्दै ह्याट्रिक लिएपछि अमेरिका मात्र ११५ रनम...