×

खेलकुद

माल्दिभ्सलाई नेपालले दियो २ सय १३ रनको लक्ष्य

माल्दिभ्सलाई नेपालले दियो २ सय १३ रनको लक्ष्य
काठमाडौ । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत अहिले भइरहेको नेपाल र माल्दिभ्सबीचको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल खडा गरेको हो ।

कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन

कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन
चीन । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ ।कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो । यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो ।हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विक...

क्रिकेटर  सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर  सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् । उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गरेका थ...

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
काठमाडौँ । पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा पुगेको छ। सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा पुगेको हो ।श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलङ्का डकवर्थ लुइस पद्धतिअनुसार २ विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्यो । साविकको विजेता श्रीलङ्काले पर्सि आइतबार भारतसँग उपाधिका लागि खेल्ने छ ।भारत एक खे...

भारत र पाकिस्तानबीचको खेल आज पुन: हुँदै

भारत र पाकिस्तानबीचको खेल आज पुन: हुँदै
काठमाडौँ । आइतबार वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।स्थानीय समय अनुसार खेल साढे २ बजे सुरु हुनेछ। आइतबार खेल वर्षाका कारण रिजर्भ डे मा गएको हो। कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ । आज ह...

भारतसँग पराजित नेपाल एसिया कपबाट बाहिरियो

भारतसँग पराजित नेपाल एसिया कपबाट बाहिरियो
काठमाडौँ । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा वर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटाएर २३ ओभरमा झारिएको थियो । भारतले एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य भारतले बिना...

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भारतसँग पहिलोपटक खेल्दै नेपाल

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भारतसँग पहिलोपटक खेल्दै नेपाल
काठमाडौं । नेपाली क्रिकेट टिमले भारतको सिनियर टिमसँग अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन।छिमेकी भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भए पनि एसोसिएट टिम नेपाललाई भारतीय सिनियर टिमसँग खेल्ने कहिल्यै मौका जुर्न सकेन।अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षसम्म पनि नेपाली क्रिकेट टिमका लागि छिमेकी भारत बिरानो जस्तै भयो। नेपालले भारतका यू-१९ टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ।पछिल्लोपटक नेपालले भारतको ‘ए’ टिमसँग प्रतिस्पर्धा गरेको दुई महिना...

एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा

एसिया कप हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बिदा
जनकपुरधाम । एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ।वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न भनेका छन्। आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ। घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ। नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्नेछ। यसअघि नेपालले आइसिसीका अरु...

चितवनमा आजदेखि सात दिने एएफसी कोचिङ कोर्ष सुरु

चितवनमा आजदेखि सात दिने एएफसी कोचिङ कोर्ष सुरु
चितवन ।  चितवनमा एएफसी  कोचिङ कोर्ष सुरु भएको छ । चितवन जिल्ला फुटबलको आयोजनामा आइतबारबाट प्रशिक्षण सुरु भएको हो ।प्रशिक्षणको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले राष्ट्रका लागि खेल्ने खेलाडीहरुको भविष्य सुनिश्चित हुन नसक्नु चिन्ताको बिषय भएको बताए । यसका लागि सबै तहको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । महानगर खेल क्षेत्रको बिकासमा गम्भीर भएर अघि बढिरहेको उनको भनाइ थियो । उनले कोचिङ ...