ज्योति लाइफको सेयर सूचीकरण कहिले ? तोकियो ओपनिङ रेञ्ज र कारोबार संकेत
काठमाण्डौ । हालै आइपीओ निश्कासन गरी बाँडफाँड समेत गरिसकेको ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोश्रो बजारमा बुधबार सूचीकरण हुने संभावना देखिएको छ ।
नेप्सेस्थित उच्च स्रोतका अनुसार ज्योति लाइफको सेयर सूचीकरणका लागि फाइल प्राप्त भइसकेको छ । त्यसलाई हेरेर आजभोलि नै सेयर सूचीकरण हुने अवस्था भए पनि नेप्से प्रमुख चन्द्रसिंह साउद काठमाण्डौभन्दा बाहिर रहेकोले संभवत बुधबारसम्म ज्योति लाइफको सेयर सूचीकरणको सम्झौता हुनसक्ने बताइएको छ । साउद आइतबार र सोमबार सुदुरपश्चिमको एक कार्यक्रममा ग...


