×

आर्थिक

दशैं तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

दशैं तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला नयाँ नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्र...

सरकारद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस (यस्तो छ पूर्णपाठ )

सरकारद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस (यस्तो छ पूर्णपाठ )
काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८/७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गरेका हुन्। विधेयकमार्फत सरकारले बजेटको आकार घटाएको छ। संसदमा तीनवटै विधेयक प्रस्तुत गर्दै पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार अर्थमन्त्री शर्माले घटाएको जानकारी दिएका हुन्।मन्त्री शर्माले चालू आवको लागि पहिलेको बजेट घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ क...

एमसिसीका उपाध्यक्ष र नायब उपाध्यक्ष आज नेपाल आउँदै

एमसिसीका उपाध्यक्ष र नायब उपाध्यक्ष आज नेपाल आउँदै
काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउँदै छन्। नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसी बीच मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्टमा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ।...

बजेट विधेयक संसदमा २४ गते पेश गर्ने तयारी

बजेट विधेयक संसदमा २४ गते पेश गर्ने तयारी
अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तयारी थालेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो । विधेयक तयार पारेर राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । बजेट अध्यादेशमा उल्लेखित बजेटको आकारसमेत परिवर्तन गरिएको स्रोतले बतायो । भदौ १९ गते ९गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २४ गते संसद बैठक बोलाउने निर्णय गरिसकेको छ ।तयार गरिएको विधेयक संसदमा पेश गर...

१२ करोड लगानीमा चितवनमा खुल्याे सामुदायिक तारापुञ्ज रिसोर्ट 

१२ करोड लगानीमा चितवनमा खुल्याे सामुदायिक तारापुञ्ज रिसोर्ट 
चितवन । चितवनको भरतपुरमा करिब १२ करोडको लगानीमा सामुदायिक रिसोर्ट संचालनमा आएको छ । चितवनको भरतपुर स्थित क्यान्सर अस्पताल रोडमा तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थमा आबद्ध करिब ७ सय जना शेयर सदस्यहरुको सामुहिक लगानीमा १ बिगाह एक कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको तारापुञ्ज रिसोर्ट संचालनमा आएको हो । सहकारीमा आबद्ध रहेका सदस्यहरुले शेयर सदस्यहरुको आर्थिक स्तर सबल बनाउनका साथै सामुदायिकतामा संचालन गरिने ब्यबसायले समाज लाई सकारात्मक सन्देश दिने उदेश्यले रिसोर्ट संचालनमा ल्याएको जनाई...

गभर्नरलाई अर्थमन्त्रीको फोन : पुँजी बजारमा देखिएका समस्या समाधान गर्नुस्

गभर्नरलाई अर्थमन्त्रीको फोन : पुँजी बजारमा देखिएका समस्या समाधान गर्नुस्
काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण जनाएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बज...

एडीबीले मेलम्ची आयोजनाको अध्ययन गर्ने

एडीबीले मेलम्ची आयोजनाको अध्ययन गर्ने
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको अध्ययन गर्न एशियाली विकास बैंक (एडीबी) को टोली आउने भएको छ । आयोजनाको माथिल्लो भूभागको भौगर्भिक अध्ययन गर्न एशियाली विकास बैंकको विज्ञ टोली आउने भएको हो । टोलीले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्नेछ । खानेपानी मन्त्रालयले उक्त भूभाग जोखिमयुक्त रहेको भन्दै एडीबीलाई अध्ययन गरिदिन अनुरोध गरेको थियो । खानेपानी मन्त्रालयका अनुसार यताबाट पठाइएको टीओआर स्वीकृत भएको पत्र एडीबीले पठाइसकेको छ । एडीब...

५ . ०३ प्रतिशतले बजार घटेपछि नेप्सेले स्थगित गर्‍यो कारोबार

५ . ०३  प्रतिशतले बजार घटेपछि नेप्सेले स्थगित गर्‍यो कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन ५ दशमलव शून्य ३ प्रतिशतले बजार घटेपछि कारोबार स्थगित भएको छ ।नेपाल स्टक एक्सचेञ्ज नेप्से ले बजार घटेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरेको छ । यो दिन नेप्से परिसूचक २७७९ दशमलव ६८ मा विन्दुमा झरेको हो । बजार ५ प्रतिशत घटेसँगै अव बजार ४० मिनेटका लागि स्थगित भएको छ । उक्त अवधिमा कारोबारमा २१५ ओटा कम्पनीमध्ये ६० ओटा कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेबलमा घटेको छ भने सो अवधिमा रू।७ अर्ब १९ करोड बराबरको शेयर खरीदविक्री भएको छ

शेयर लगानीकर्ताले मागे गभर्नर अधिकारीको राजीनामा

शेयर लगानीकर्ताले मागे गभर्नर अधिकारीको राजीनामा
काठमाडौं । शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग गरेका छन् । आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु रुष्ट बनेका छन् । राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन । करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर...