
काठमाडौं । साताको पहिलो कारोबार दिन ५ दशमलव शून्य ३ प्रतिशतले बजार घटेपछि कारोबार स्थगित भएको छ ।नेपाल स्टक एक्सचेञ्ज नेप्से ले बजार घटेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरेको छ । यो दिन नेप्से परिसूचक २७७९ दशमलव ६८ मा विन्दुमा झरेको हो । बजार ५ प्रतिशत घटेसँगै अव बजार ४० मिनेटका लागि स्थगित भएको छ ।
उक्त अवधिमा कारोबारमा २१५ ओटा कम्पनीमध्ये ६० ओटा कम्पनीको शेयरमूल्य नकारात्मक सर्किट लेबलमा घटेको छ भने सो अवधिमा रू।७ अर्ब १९ करोड बराबरको शेयर खरीदविक्री भएको छ