चितवन । चितवनको भरतपुरमा करिब १२ करोडको लगानीमा सामुदायिक रिसोर्ट संचालनमा आएको छ । चितवनको भरतपुर स्थित क्यान्सर अस्पताल रोडमा तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थमा आबद्ध करिब ७ सय जना शेयर सदस्यहरुको सामुहिक लगानीमा १ बिगाह एक कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको तारापुञ्ज रिसोर्ट संचालनमा आएको हो । सहकारीमा आबद्ध रहेका सदस्यहरुले शेयर सदस्यहरुको आर्थिक स्तर सबल बनाउनका साथै सामुदायिकतामा संचालन गरिने ब्यबसायले समाज लाई सकारात्मक सन्देश दिने उदेश्यले रिसोर्ट संचालनमा ल्याएको जनाईएको छ ।

रिसोर्टमा साना , मझौला तथा ठुला गरि ५ वटा हलहरु रहेका छन जसमा बिबाह लगायतका सामाजिक तथा धार्मिक कार्यहरु , सेमिनार,गोष्ठी , बिभिन्न संघ संस्थामा साधारण सभा , सम्मेलन लगायत एकै पटक करिब १ हजार ५ सय ब्याक्तीहरु लाई सेबा दिन सकिने रिसोर्टका प्रबन्ध निर्देशक श्रीराम देबकोटाले बताउनु भयो । रिसोर्टमा आन्तरिक तथा बाहय आगन्तुक लाई ब्यबस्थित र सहज हुने गरि पुर्बाधार निर्माण गरिएको छ । रिसोर्ट हाता भित्र अत्याधुनिक रेष्टुरेन्ट तथा पार्किड. र गार्डेनको निर्माणले बजार क्षेत्र बाट नजिक रहेकाले आगन्तुकहरु लाई घरायसी बाताबरणमा सेबा दिन सकिने जनाईएको छ । संभबत नेपालमै पहिलो पटक यति धेरैको संख्यामा युबाहरुको सामुहिक लगानीमा सामुदायिक रिसोर्ट संचालन भएको र पछिल्लो समय पर्यटनको हब बन्दै गएको चितबन लाई यो रिसोर्टले थप टेबा दिने तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था तथा तारापुञ्ज रिसोर्टका अध्यक्ष सुदीप रेग्मीले बताउनु भयो ।

सामुदायिकताको माध्याम बाट पर्यटन र खासगरि शेयर सदस्यहरु लाई ब्यबसायिक माध्यम बाट उनीहरुको आर्थिक स्तर उकास्न तथा सामुहिक भाबना लाई एकतृत गर्दे अगाडी बढन रिसोर्ट सफल रहने उहाँको भनाई छ । रिसोर्ट सामुदायिक परियोजना अन्तरगत रहेकाले अब केही समयमा भित्र नै आबासको ब्यबस्था समेत हुने जनाईएको छ । खास गरि सहकारी संस्था र बिभिन्न सामाजीक संस्थाहरुको अबलोकन भ्रमणमा आउने आगन्तुकहरु लाई एकै पटकमा सुलभ र ब्यबस्थित तरिकाले बास बसाउन सकिने भएको हो । पहिलो चरणमा भ्रमणमा आउनेहरुका लागी ६० जना क्षमताको १० कोठाको आबास भबन निर्माणको काम अन्तिम चरणमा पुगेकोले संचालनको तयारीमा रहेको र केही समय भित्रै आबासिय प्रयोजनका अन्य आबासीय भिल्ला लगायतको संरचनाको तयारी गरिएको रिसोर्टका ब्यबस्थापन प्रमुख लक्ष्मण गौतमले बताउनु भयो ।

बिश्बमा पछिल्लो समय देखा परेको कोभिड १९ का कारण निर्माणको काममा केही ढिलाई भएको भएपछि पछिल्लो समय काम लाई निरन्तता दिदै रिसोर्टको बिभिन्न हलहरु लगायत खाजा खाना लगायतको लागी आधुनिक रेष्टुरेण्ट संचालनमा आएको छ । रेष्टुरेण्टमा बिभिन्न प्रकारका परिकारहरु घरयसी पारिबारिक बाताबरणमा खान पाईने तथा होम डेलिभरीको ब्यबस्थापन गरिएको जनाईएको छ । रिसोर्टमा सहकारीमा आबद्ध सदस्यहरुले आफैले उत्पादन गरेका तरकारी , फलफुल , माछा , मासु लगायतको स्बथ्यकर अर्गानिक खाद्यान्न प्रयोगमा ल्याइएको जनाईएको छ । यद्यपी रिसोर्टको उदघाटन गर्न केही समय लाग्ने ब्यबस्थापन पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया