ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेले सेयरको अवैध कारोबार गरेको ठहर, कारबाही गर्ने बोर्डको निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गरेको छ । बोर्डको सञ्चालक समितिले न्यौपाने र प्रधान दुवैलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
आफू सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेकोबारे बोर्डले गरेको अध्ययनमा न्यौपाने र प्रधान दोषी भेटिएका हुन् । दुवैले कानुन विपरीत सेयर कारोबार गरेको भन्दै बोर्डक...


