पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’
चितवन । थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको संगम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाको परिकारका कारण होमस्टे रोजाइमा पर्ने गरेको हो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको भरपुर आनन्द उठाउन सक्छन् ।
भरतपुर–२७ मा रहेको थारु होमस्टेममा पर्यटकले सस्तोमा पारिवारिक वातावरणमा बस्न र विशेष प्रकारको घरकै ख...


