×

काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर ९प्यान० लिने करदाताको संख्या ५० लाखभन्दा माथि पुगेको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो ३ महीनामा २ लाखभन्दा बढी करदाता करको दायरामा आएका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत प्यान) लिनेको संख्या अधिक छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास ९साउन–असोज० मा प्यान प्राप्त गर्ने करदाता १ लाख ९८ हजार ८७ छन् । यसमध्ये व्यक्तिगत प्यान लिनेको संख्या १ लाख ४८ हजार ७ सय ७३ छ । यस अवधिमा ४६ हजार १ ओटा व्यावसायिक प्यान जारी भएका छन् । अग्रिम कर कट्टी प्रयोजनका लागि ३ हजार ३ सय १३ प्यान जारी भएको छ । ३ महीनामा मूल्य अभिवृद्धिकरमा ७ हजार २ सय ७ र अन्तस्शुल्कमा ४ हजार ७ सय १८ नयाँ करदाता थपिएका छन् ।

अर्थका अनुसार अब देशभर व्यक्तिगत प्यानमा दर्ता हुने करदाताको संख्या ३१ लाख ९९ हजार ७७ पुगेको छ । व्यावसायिक प्यान १८ लाख ८ हजार ४ सय १४ पुगेको छ । हालसम्म अग्रिम कर कट्टी प्रयोजनका लागि २१ हजार ४ सय ७ प्यान दर्ता भएको अर्थ मन्त्रालयको तथ्यांक छ । देशभर मूल्य अभिवृद्धिकरमा २ लाख ९८ हजार ८ सय ३८ र अन्तस्शुल्कमा १ लाख १६ हजार ९४ करदाता दर्ता छन् । चालू आर्थिक वर्षमा २ लाख व्यक्तिगत प्यान, १ लाख ७६ हजार व्यावसायिक प्यान र ७५ हजार अन्तस्शुल्क इजाजत जारीरनवीकरण गरी करदाता बढाउने सरकारको लक्ष्य छ ।

आन्तरिक राजस्व विभागले नेपालमा काम गर्न श्रमस्वीकृति प्राप्त गरेका विदेशी नागरिकले श्रमस्वीकृति र भिसा नवीकरण गर्दा तथा पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान र करचुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने, चारपांग्रे सवारीसाधन खरीद गर्दा अनिवार्य रूपमा प्यान पेश गर्नुपर्ने र नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दा नै व्यक्तिगत प्यान प्रदान गर्ने व्यवस्था कार्यान्वयन गरी करको दायरा विस्तार गर्ने गरी कार्ययोजना बनाई लागू गरिसकेको छ । यसले पनि करदाता व्यापक रूपमा बढ्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया