ग्लोबल स्मार्ट प्लसबाट मौलाकाली केबलकारको टिकट किन्दा १० प्रतिशत छुट
नवलपुर । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको मौलाकाली केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट दिने भएको छ ।बैँकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउने बैँकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो ।
बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकाली केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुटको लागि योग्य हु...


