×

काठमाडौं । नेपाली बजारमा आइतबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा सोमबार गिरावट आएको भएपनि आज फेरि सो रेकर्डको नजिक मूल्य कायम भएको छ । आइतबार एकैदिन तोलामा २ हजार ९ सय बढेर १ लाख १० हजार पुगेको छापावाल सुनको मूल्य सोमबार ७ सयले घटेर प्रतितोला १ लाख ९ हजार ३०० मा कारोबार भएकोमा मंगलबार फेरि ५०० बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको छ ।

तपाईको प्रतिक्रिया