गैँडाकोटमा ज्येष्ठ १४ गतेदेखि “मकै घर” सञ्चालनमा आउने
नवलपुर । मकैका पारखीहरुका लागि गैँडाकोटमा जेठ १४ गतेदेखि मकै घर सञ्चालनमा आउने भएको छ । गैँडाकोट नगरपालिका वडा ५ स्थित नगरपालिका चोकमा मकैघर सञ्चालनमा आउन लागेको हो ।मकैबाट बनेका विभिन्न परिकारहरु मकैघरमा उपलव्ध हुने मकैघरका सञ्चालक लिला सापकोटाले बताउनुभयो । मकैबाट बनेका झण्डै एकदर्जन परिकारहरु मकैघरमा उपलव्ध गराउने योजना रहेको उहाँले बताउनुभयो ।
पोलेको मकै, उसिनेको मकै,मकैको चटपट, मकै चिल्ला, साँधेको मकै, भुटेको मकै, मकैको पुलाउ तथा मकैको पकौडा लगायतका परिकारहरु ग्राहकहर...


