×

आर्थिक

जुत्ता चप्पल मेलामा अवलोकन कर्ताहरुको भिड बढ्दै

जुत्ता चप्पल मेलामा अवलोकन कर्ताहरुको भिड बढ्दै
भरतपुर – भरतपुरको चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ चलिरहेको छ। चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१/८२ मा ६ वटा कम्पनीको स्वदेशी उद्योगबाट उत्पादित एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् । मेलामा अवलोकनकर्ताहरुको भिड दिनदिनै बढिरहेको छ। चैत्र १४ गते  देखि सुरु भएको मेलामा १८ गते  सम्म बिस हज...

श्री गण्डकी कोटिहोम महायज्ञको सम्पर्क कार्यालयको स्थापना

श्री गण्डकी कोटिहोम महायज्ञको सम्पर्क कार्यालयको स्थापना
    कास्की- पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।पोखरा महानगरपालिका वार्ड नं.१७ बिरौटाचोकमा कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको हो । एक युगमा एक पटक इतिहासमा पहिलो पटक आयोजना हुन लागेको श्री गण्डकी कोटिहोम महायज्ञको बारेमा भक्तजनहरुलाई जानकारी प्राप्त गर्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ सम्पर्क कार्यालय स्थापना ...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
  काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको छ। सोमबार प्रतितोला १ लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज तोलामा १ हजार ८०० ले बढेर १ लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँ कायम भएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ ।

सर्वोच्चको आदेश : पाथीभरामा केबलकारको काम रोक्नू

सर्वोच्चको आदेश : पाथीभरामा केबलकारको काम रोक्नू
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो । गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई...

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौं- नेपाली बजारमा आइतबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।अघिल्लो दिन अर्थात् शुक्रबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो।शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७६ हजार आठ सय रूपैयाँ पुगेको छ।यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ...

कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि

कारोबारसहित बढ्यो सेयर बजार, सबै सेक्टरमा वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ४१.४३ अंक बढेको छ ।सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६३ मा कायम भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो । २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । बैंकिङ ०.९०, विकास बैंक १.१०, फाइनान्स १.३०, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.०९, लगानी २.२०, जीवन बीमा १.७१, उत्पादन ०...

कुलमान घिसिङलाई किन पदमुक्त गरियो ? यस्ता छन् १० कारण

कुलमान घिसिङलाई किन पदमुक्त गरियो ? यस्ता छन्  १० कारण
  काठमाडौ । अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण कुलमान घिसिङलाई पदबाट हटाइएको सरकारले जनाएको छ । विभिन्न प्रशासनिक, कानूनी, नीति-नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको जनाएको छ । यस्तै, संघीय संसद र नेपाल सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु, डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन ग्राहकहरूको बक्यौता रकम असुल नगर्नु, सञ्चारमाध्यममा गोप्य दस्तावेज सार्वजनिक गर्नु लगायतका कारणले हटाउने निर्णय भएको पत्र कुलमान...

गैँडाकोटमा तीव्र बजार अनुगमन, म्याद गुज्रीएका थुप्रै सामान बरामद

गैँडाकोटमा तीव्र बजार अनुगमन, म्याद गुज्रीएका थुप्रै सामान बरामद
नविन नेपाल  गैँडाकोट - पूर्वी नवलरासीको गैँडाकोट नगरपालिकाले २ दिनमै १२० वटा व्यवसायिक फर्महरुमा बजार अनुगमन गरेको छ । सोमबार र मंगलबार २ दिनको अवधिमा १२० वटा व्यवसायिक पर्महरुमा अनुगमन गरिएको हो ।गैँडाकोट नगरपालिकाका विभिन्न वडाहरुमा सोमबारदेखि सुरु गरिएको बजार अनुगमन बुधबार पनि सञ्चालन हुने गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो । सोमबार ३५ र मंगलबार ८५ वटा व्यवसायिक फर्महरुमा गरिएको बजार अनुगमनबाट थुप्रै म्याद गुज्रिएका सामानहरु बरामद ...

पदभार ग्रहण गर्दै शाक्यले भने- लोडसेडिङ हुने हल्ला निराधार हो, अब हुँदैन

पदभार ग्रहण गर्दै शाक्यले भने- लोडसेडिङ हुने हल्ला निराधार हो, अब हुँदैन
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन्। प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए। पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए। यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए। उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिकरूपमा समाधान गर्ने प्रतिबद्धता जनाए। लोडसेडिङ हुने हल्ला...