काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको छ। सोमबार प्रतितोला १ लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज तोलामा १ हजार ८०० ले बढेर १ लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ३५ रुपैयाँ कायम भएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ ।



उज्यालो खबर




