×

आर्थिक

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला १ लाख ९० हजार ६ सय

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला १ लाख ९० हजार ६ सय
काठमाडौं-  आज बिहिबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ३ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९० हजार ६ सय कायम भएको छ । यसअघि बुधबार तोलाको १ लाख ८७ हजारमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको भाउ तोलामा ५ रूपैयाँ बढेर १ हजार ९ सय ६० पुगेको छ । बुधबार १ हजार ९ सय ५५ थियो ।

नयाँ बर्षमा पटिहानीमा रैथाने बजारको शुभारम्भ

नयाँ बर्षमा पटिहानीमा रैथाने बजारको शुभारम्भ
भरतपुर - भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय पटिहानीको आयोजनामा नब वर्ष २०८२ को अबसरमा रैथाने बजार २०८२ को शुभारम्भ हुँदैछ। स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं, आर्थिक समृद्धिको दिशामा अघि बढौं भन्ने नारा सहित २०८२ बैशाख १ गते अपरान्ह ४ बजे नगर प्रमुख रेनु दाहाल ज्युको प्रमुख आतिथ्यतामा वडा परिसरमा गर्ने कार्यक्रम रहेको छ।रैथाने बजारमा स्थानीय उत्पादन, कृषि उत्पादन, हस्तकला तथा स्थानीय परिकारहरुका स्टल रहने भरतपुर २२ का वडा अध्यक्ष बिष्णुराज महतोले जानकारी दिनुभयो । ...

वर्षको अन्तिम दिनपनि बढ्यो सुनको मूल्य

वर्षको अन्तिम दिनपनि बढ्यो सुनको मूल्य
काठमाडौँ- वर्षको अन्तिम दिनपनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो । आइतबार सुन तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आइतबार चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर तोलामा १ हजार ९ सय ६० रु...

नयाँ वर्षमा नयाँ सरकार बन्ने परिस्थिति बन्दै गएको छ – प्रचण्ड

नयाँ वर्षमा नयाँ सरकार बन्ने परिस्थिति बन्दै गएको छ – प्रचण्ड
  चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक घटनाक्रमका हिसाबले २०८१ साल औसत भएको टिप्पणी गरेका छन् । साथै २०८२ सालमा राम्रो काम गर्नका २०८१ सालले आधार भने दिएको उनको बुझाइ छ । आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले २०८१ सालको समीक्षा सुनाउँदै भने, ‘२०८१ सालमा सकारात्मक काम पनि भयो, नकारात्मक पनि भयो । समग्रमा भन्दा त्यस्तो उत्साहवर्द्धक भन्ने पनि भएन, धेरै निराशाजनक भन्ने पनि होइन ।’ अब नयाँ वर्षमा २०८२ सालमा जन...

३ वाणिज्य बैंक, १ विकास बैंक र १ फाईनान्समा एकैपटक सिईओ खाली हुदै

३ वाणिज्य बैंक, १ विकास बैंक र १ फाईनान्समा एकैपटक सिईओ खाली हुदै
चितवन । उच्च अदालत पाटनले २०८० कार्तिक १५ गते प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत नियुक्तीलाई लिएर भक्तपुर जिल्ला, मध्येपुर ठिमी नगरपालिका वडा नंं ७ वस्ने अधिवक्ता अनिता थापाले नेपाल राष्ट्र बैंक, प्रभु बैंक लगायतलाई विपक्षी वनाएर दायर गरेको मुद्धामा फैसला गर्दै प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृतको हैसियतमा २०८१।०१।०९ गते सम्म मात्र अशोक शेरचनले काम गर्न पाउने व्याख्या ग¥यो । प्रभु बैंकका सीईओ शेरचनको नियुक्ति खारेजी गरि पाउँ भनी दायर मुद्दा खारेज गर्दै उच्च अदालतले उनको ...

मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिवलको तयारी अन्तिम चरणमा 

मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिवलको तयारी अन्तिम चरणमा 
  चितवन – भरतपुरको नारायणगढ क्याम्पाचौरमा संचालन गर्न लागिएको ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेदेखि संचालन गर्न लागेको ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ को तयारी ९० प्रतिशत भन्दा बढी सकिएको जनाएको छ । एक्स्पो चैत्र २९ देखि वैशाखको २ गतेसम्म संचालन हुनेछ । हरेक दिन बिहान १० देखि ६ बजेसम्म एक्स्पो चल्ने छ भने बेलुका फुड फेष्टिवल तथा सांगीतिक कार्य...

सुनको मूल्यमा उच्च गिरावट

सुनको मूल्यमा उच्च गिरावट
  काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार ९ सयले घटेर एक लाख ७६ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार तीन सय रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १२५ रुपैयाँले घटेर एक हजार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह
काठमाडौँ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको बताएका छन् ।थाइल्यान्डका व्यवसायीहरूसँग आज बैंककमा भएको भेटवार्ताका क्रममा उनले यस्तो आग्रह गरेका हुन् । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीको लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकोले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरूले त्यो...

बहादुर सुरक्षा गार्ड भाटभटेनीबाट पुरस्कृत- पाँच लाख नगद र पाँच ग्रेड बढुवा

बहादुर सुरक्षा गार्ड भाटभटेनीबाट पुरस्कृत- पाँच लाख नगद र पाँच ग्रेड बढुवा
    काठमाडौं -भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ ।उनलाई आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे । कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।अन्य तीन सुरक्षा गार्ड सू...