×

आर्थिक

नेपालमा नौ महिनामा १६ करोड रुपैयाँको कण्डम आयात

नेपालमा नौ महिनामा १६ करोड रुपैयाँको कण्डम आयात
काठमाडौं – चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा १६ करोड रुपैयाँ बढीको कण्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा १६ करोड ६९ लाख आठ हजार रुपैयाँ बराबरको कण्डम आयात भएको हो । संख्याका हिसाबले यस अवधिमा दुई करोड २६ लाख ९५ हजार दुई सय ६६ थान कण्डम आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्ष नेपालमा तीन करोड ९२ लाख ३२ हजार आठ सय ५० थान कण्डम आयात भएको थियो ।

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट
चितवन । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ । सिद्धार्थ बाटिका ब्राण्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्राण्डमा सञ्चालनको तयारी भइरहेको सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य तथा उक्त क्षेत्रका क्लस्टर म्यानेजर किरण रिमालले जानकारी दिए । “रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न ...

सुनको भाउमा फेरि नयाँ रेकर्ड

सुनको भाउमा फेरि नयाँ रेकर्ड
काठमाडौं । सोमबार फेरि सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँको उच्च रेकर्ड रहेको थियो । चाँदीको मूल्य भने केही दिनयता स्थिर छ । प्रतितोला १ हजार ९६० मा चाँदीको कारोबार भइरहेको छ ।

कामना सेवा विकास बैंकको नाफा ४९ प्रतिशतले वृद्धि

कामना सेवा विकास बैंकको नाफा  ४९ प्रतिशतले वृद्धि
  काठमाडौं । कामना सेवा विकास बैंकको नाफा झन्डै ४९ प्रतिशत वृद्धि भएको छ । ९ महिनामै बैंकले ४९ करोड बढी नाफा आर्जन गरेको छ ।बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने ४८.८३ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकले खुद नाफा ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंक...

यातायात कार्यालय नवलपुरद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

यातायात कार्यालय नवलपुरद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
मध्यविन्दु-यातायात व्यवस्था कार्यालय नवलपरासी (सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताउनुभयो । “यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत रु १९ करोड १२ लाख ३६ हजार ८२०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु चार करोड नौ लाख ५४ हजार ६५५, यातायात क्षेत्रको आम...

शुक्रबार देशका यी स्थानमा वर्षा हुने

शुक्रबार देशका यी स्थानमा वर्षा हुने
काठमाडौँ । शुक्रबार कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षारहिम...

सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार

सेयर बजार २७२२ अंकमा, पौने ११ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ । १ः ४५ बजे नेप्से २७४० अंकसम्म पुगेको थियो । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोडको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । आज व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । व्यापार ०.१५ प्रतिशत घट्यो । लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हा...

सैलुनलाई एसी र इन्भर्टर दिने मेयरको तोकआदेशको चौतर्फी विरोध

सैलुनलाई एसी र इन्भर्टर दिने मेयरको तोकआदेशको चौतर्फी विरोध
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आफैंले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने तोकआदेशको चौतर्फी विरोध भएको छ ।हेटौंडाका अधिवक्ता, प्राध्यापक, युवा व्यवसायीलगायतले मेयरको तोकओदशको खुलेरै विरोध गरेका छन् । ३ वैशाखमा हेटौंडा–४, शितलमहल चोकस्थित दी नाइन्टिन सैलुनमा एसी र इन्भर्टर मागसम्बन्धी पत्र मेयर लामा समक्ष पेस भएको थियो । मागपत्रमा आर्थिक शाखालाई सम्बोधन गर्दै माग भएको सामग्रीको लागत अनुमान तयार गरिदिनका लागि निर्देश गरिएको छ ।मेयर ...

सुन्धारा होटल व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान र परिचायात्मक कार्यक्रम सम्पन्न

सुन्धारा होटल व्यवसायी संघद्वारा  शुभकामना आदानप्रदान र परिचायात्मक कार्यक्रम सम्पन्न
काठमाडौं । सुन्धारा होटल व्यवसायी संघको आयोजनामा काठमाडौं जनसेवा प्रमुखको रुपमा हालै नियुक्त प्रहरी नायब उपरीक्षक  कृष्ण कुमार चन्दको सम्मानमा स्वागत तथा २०८२ सालको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष देबी प्रसाद कंडेल ज्युको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष श्री हिरालाल तन्डुकार रहनुभएको थियो। विशिष्ट अतिथिको रुपमा समाजसेवी तथा बरिस्ठ पर्यटन व्यवसायी श्री दिलविकासराज भण्डारी, होटल व्यवसायी ...