×

अन्तर्राष्ट्रिय/प्रबास

भरतपुर क्रिकेट क्लब मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भाग लिन भारत प्रस्थान

भरतपुर क्रिकेट क्लब मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भाग लिन भारत प्रस्थान
चितवन । भारतको राजस्थानमा हुने मैत्रीपूर्ण एक दिवसीय तथा दुई दिवसीय क्रिकेट प्रतियोगितामा सहभागि हुने भरतपुर क्रिकेट क्लबका खेलाडीहरुलाई विदाई गरिएको छ ।शुक्रबार भरतपुर महानगरपालिकाको सभाहलमा महानगर प्रमुख रेनु दाहालले प्रतियोगितामा सहभागि हुन लागेका १४ जना खेलाडीलाई एक कार्यक्रमका बीच विदाई गर्नु भएको हो । भरतपुर क्रिकेट क्लबका क्याप्टेन तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दिपेश श्रेष्ठसहित चितवनका सिनियर टिमका खेलाडीहरु एक हप्ताको लागि राजस्थान प्रथान गरेको छ । विदाई कार्...

विदेश भ्रमणमा जानेले विमानस्थलबाट २ सय डलरसम्म सटही सुविधा पाउने

विदेश भ्रमणमा जानेले विमानस्थलबाट २ सय डलरसम्म सटही सुविधा पाउने
काठमाडौं । मनी चेञ्जरहरूले विदेश भ्रमणमा जाने नेपालीहरूलाई राहदानी बापत दुई सय अमेरिकी डलर बराबर सटही सुविधा दिन पाउने भएका छन्।हाल विदेश भ्रमण जानेले राहदानी बापत एकपटकमा एक हजार पाँच सय डलरको दरमा सटही सुविधा पाउँछन्। यो सुविधा वर्षमा दुई पटक मात्र प्रयोग गर्न पाइन्छ। यसरी पाइने सटही सुविधाअन्तरगत एयरपोर्टमै राष्ट्र बैंकबाट स्वीकृति लिएका मनि चेञ्जरहरूले दुई सय डलरसम्म सटही सुविधा पाउने भएका हुन्। विदा लगायतका दिनमा भ्रमणमा जानेले एयरपोर्टबाटै यस्तो सुविधा पाउन भन्ने ...

अस्ट्रेलियाको भिसा नीति फेरियो : नेपालीको आम्दानी बढ्ने, पीआर र नागरिकतामा यस्तो व्यवस्था

अस्ट्रेलियाको भिसा नीति फेरियो : नेपालीको आम्दानी बढ्ने, पीआर र नागरिकतामा यस्तो व्यवस्था
काठमाडौं । अष्ट्रेलिया सरकारले आफ्नो भिसा नीतिमा केही फेरबेदल गरेको छ। यो यही महिना (जुलाई) को १ तारिखदेखि लागू भएको छ ।कोरोना महामारीका कारण सन् २०२० को मार्चदेखि ठप्प आप्रवास सम्बन्धी कार्यक्रमलाई प्रधानमन्त्री स्कट मोरिसन सरकारले नयाँ आर्थिक वर्षमा पुनर्जागरण गरी आर्थिक समृद्धीको बाटोमा अगाडि बढने नीति अनुसार परिवर्तन गरेको हो। सोही अनुसार भिसा नीतिमा भएका परिवर्तन लागूसमेत भइसकेका छन् भने केही बाँकी परिमार्जनहरू आउँदा दिनमा लागू हुने भएका छन्।सरकारले घोषणा गरेको नयाँ न...

श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा

श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् ।प्रधानमन्त्री विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन । आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् ।प्रधानमन्त्री भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बीबीसीले जनाएको छ । यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्...

अष्ट्रेलिया पढ्न आवेदन गर्नेमध्ये ९८ प्रतिशतको भिसा अस्वीकृत

अष्ट्रेलिया पढ्न आवेदन गर्नेमध्ये ९८ प्रतिशतको भिसा अस्वीकृत
काठमाडौं । पछिल्लो समय अष्ट्रेलिया पढ्न जानको लागि भिसा प्रकृया अगाडि बढाएका अधिकांश विद्यार्थीहरुको भिसा आवेदन अस्वीकृत हुने गरेको छ । कतिपय कन्सल्टेन्सीहरुले तयार गरेर पठाएकामध्ये ९८ प्रतिशतसम्म अस्वीकृत हुने गरेको कन्सल्टेन्सी सञ्चालकले बताएका छन् । स्वतन्त्र शैक्षिक परामर्श संघका अध्यक्ष बासु नेपालले पछिल्लो समयमा अष्ट्रेलिया पढ्न जान चाहने धेरै नेपाली विद्यार्थीहरुको भिसा आवेदन अस्वीकृत भएको बताए । उनका अनुसार विगतका दिनको तुलनामा धेरै प्रतिशत भिसा अस्वीकृत भएको छ । ...

प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि श्रीलंकाका राष्ट्रपति भागे

प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि श्रीलंकाका राष्ट्रपति भागे
कोलम्बो । प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि श्रीलंकाका राष्ट्रपति गोतावाया राजापक्ष अज्ञातस्थलतर्फ लागेका छन्।न्यूज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् । निवास कब्जापछि उनी अज्ञातस्थलतर्फ लागेको अनलाइन भिडियो फुटेजहरुमा देखिएको छ । प्रदर्शनकारीहरुले शनिवार अपरान्ह राष्ट्रपति निवास कब्जा गरेका हुन् । राष्ट्रपनि निवास कब्जा गर्ने क्रममा दुई जना प्रहरी अधिकारी र प्रदर्शनकारीसमेत गरी ३० भन्दा बढी घाइते भएको बताइएको छ । उनीहरुल...

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जापानी पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार, अवस्था गम्भीर

जापानी पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार, अवस्था गम्भीर
काठमाडौं।  जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार गरिएको छ।उनको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था द जापान टाइम्सले जनाएको छ। उनलाई जापानको पश्चिमी शहर नारामा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ। उनले आफ्नो स्वास्थ्य अवस्था जिटिल बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ​ आवे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेता पर्छन्। उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका...

सिड्नीमा बाढीको कहरः हजारौँलाई घर छाड्न भनियो

सिड्नीमा बाढीको कहरः हजारौँलाई घर छाड्न भनियो
सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ । ‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका आपतकालीन सेवामन्त्री स्टेफनी कुकले भनिन् । यस क्षेत्रमा मार्चमा अचानक आएको बाढीले २० जनाको ज्यान लिएको थियो । ‘हामी अहिले अचानक बाढी, नदीको बाढी र तटीय कटान जस्ता धेरै...