विद्यार्थी भिसामा अष्ट्रेलियाको थप कडाइ, क-कसलाई कठिनाइ ?
काठमाडौं । अष्ट्रेलियाले विद्यार्थी भिसासम्बन्धी नियममा थप कडाइ गरेको छ ।अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिना(१ जुलाई) देखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन् ।
यी नियमहरू लागू भएसँगै भिसासम्बन्धी प्रावधानका केही छिद्रहरू प्रयोग गरेर अष्ट्रेलिया बसाइ लम्ब्याउन चाहने विदेशी विद्यार्थी बढी प्रभावित हुनेछन् ।खासगरी विद्यार्थी र अन्य अस्थायी भिसा वाहकहरूलाई अनिश्चितकालसम्म अष्ट्रेलिया बस्...


