×

अन्तर्राष्ट्रिय/प्रबास

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि नेपाल आइपुगेका छन् ।विदेश सचिव मिश्रीलाई परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।...

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु
काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् । वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।साओपाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल...

अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा

अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा
काठमाडौं- बंगलादेशमा राजनीतिक संकट उत्पन्न भएसँगे सेना प्रमुखले सम्बोधन गरेका छन्।सेनाका प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सोमबार अपराह्न सम्बोधन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ। उनले अन्तरिम सरकार बनाउन छलफल भइरहेको जानकारी गराएका छन्।अहिले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको उनको भनाइ छ।विपक्षी दल बंगलादेश नेशनालिस्ट पार्टी  का नेताहरूसँग पनि छलफल गरिरहेको अलजजिराको समाचारमा उल्लेख छ। बंगलादेशको राजधानी ढाकामा हजारौं प्रदर्शन...

प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले बंगलादेश छाडिन्

प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिनाले बंगलादेश छाडिन्
काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ । प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् ।बीबीसी बंगला सेवाका अनुसार, यसअघि उनले भिडियो सन्देश जारी गर्न खोजेकी थिइन् । तर, सम्भव भएन । बंगलादेशी सेनाका प्रमुख...

युरोकपको उपाधि स्पेनलाई, इंग्ल्याण्ड २-१ ले पराजित

युरोकपको उपाधि स्पेनलाई, इंग्ल्याण्ड २-१ ले पराजित
काठमाडौं । स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए ।पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका ल...

अमेरिकामा डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकामा डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर ट्रम्प घाइते भएका छन्। सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा खसेका थिए। पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो।

रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास
काठमाडौँ । टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए । रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई हरेक पल मनपर्यो । म यही चाहन्थेँ, म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ यद्यपि रोहित शर्माले भारतको टेस्ट र एकदिवसीय क्रिक...

दक्षिण अफ्रिकाको धुँवादार बलिङ,अफगानिस्तान ५६ रनमै अल आउट

दक्षिण अफ्रिकाको धुँवादार बलिङ,अफगानिस्तान ५६ रनमै अल आउट
 काठमाडौं । अफगानिस्तानले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल दक्षिण अफ्रिकालाई आफ्नो इतिहासमै पहिलो पटक फाइनलमा पुग्न मात्रै ५७ रनको सामान्य लक्ष्य दिएको छ । बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो । पहिलो पटक सेमिफाइनल खेलेको अफगानिस्तान दक्षिण अफ्रिका तीव्र गतिको बलिङ आक्रामणसामू निरिह बन्यो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खा...

खराब ब्याटिङसँगै नेपाल बंगलादेशसँग पराजित

खराब ब्याटिङसँगै नेपाल बंगलादेशसँग पराजित
अमेरिका – नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ । योसँगै नेपाल २०२४ को टी २० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।बंगलादेश यस जितले ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । बंगलादेशका तीव्र गतिका बलर त...