कपिलवस्तु । नेपाली काग्रेश कपिलवस्तु प्रतिनिधि सभा क्षे.नं. २ प्रदेश सभा निर्वाचन क्षे. नं. र्१ क’ का सभापति एंवम पूर्व इलाका सदस्य राजेश्वर सिंहको भाद्र १४ गते भएको निधन प्रति नेपाली काग्रेश कपिलवस्तु क्षेत्रीय समितिले गहिरो दुख ब्यक्त गरेको छ । क्षेत्रिय कार्य समितिका संचिव श्री रोमलाल खनाल द्धारा जारी शोक बक्तव्यमा सहंको निधनले सिंगो नेपाली काग्रेशलाई क्षति पुुगेको उल्लेख गरिएको छ ।
खनालद्धारा जारी शोक बक्तव्यमा सिंह पन्चायत कालदेखि नै बहुदल र प्रजातन्त्र पुर्नवहालीका हरेक सर्घषमा सक्रय रहदै आउनु भएको उल्लेख छ । साथै सिहं युवा अवस्था देखि कुशल सामाजिक राजनितिक क्षेत्रमा सकृय रहि स्थानीय विकास निर्माण, सडक, विधुतिकरण, शिक्षा, कृषि, वन वातावरण, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कार्य गर्नु भएको बताइएको छ । वि.स. २००६ सालमा जन्मनु भएका स्वर्गिय सिंहका ३ छोरा र १ छोरी रहेका छन ।
यसैविच बेलनदिमा सिहंको गत सोमबार अन्तिम संस्कार गरिएको छ । सिहंको पार्थिक शरिरमा नेपाली कागे्रस कपिलवस्तुका सभापति पूर्वमन्त्री सुरेन्द्रराज आर्चाय, पूर्व सांसद विष्णुराज आर्चाय तथा ने. का. जिल्ला क.व. उपसभापति अब्दुल कलामले संयूक्त रुपमा झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । सो अवसरमा १ मिनेट मौन धारण कार्यक्रम समेत गरिएको थियो ।
उहाको पार्थिक शरिरलाई अन्तिम संस्कारमा कपिलवस्तु क्षे.नं. ३ का प्रतिनिधि सभा सदस्य अभिशेष प्रताप शाह पूर्व सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, जिल्ला संचिव प्रेम बहादुर रायमाक्षी, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख एवम् प्रतिनिधि सभा क्षे.नं. २ का सभापति श्री केशव कुमार श्रेष्ठ, ने.का. जिल्ला सदस्य हुमकान्त खनाल, विन बहादुर बन्जाडे, राजेन्द्रराज आर्चाय प्रदेश क्षेत्रिय उपसभापति हिमलाल न्यौपाने, प्रदेश सभापति ग्रजेश पाण्डेय, महाराजगंज नगर सभापति रामअचल कुर्मी, वुद्धभुमी नगर सभापति माधव दमासे, वुद्धभुमि नगरपालिका नगरउपप्रमुख मीरा थारु, युवा नेता अजय थापा, हरि पोख्रेल, कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो ।



उज्यालो खबर




