काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको वर्तमान सरकारले विगतमा फट्याइँ र बदमासी गर्ने कसैलाई पनि नछाड्ने बताएका छन् । सरकारी रकमको दोहन गरिएको भए उनीहरूलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।
सत्तारुढ दल रास्वपाको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शाहले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो पार्टी विकासवादी र काम गर्ने पार्टी हो । अगाडि बढ्ने पार्टी हो । पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने होइन । कस्तो कुरामा मात्रै निहुँ खोजिन्छ भने विगतमा दिनमा फट्याइँ भएको छ, सरकारी रकमको दोहन भएको भने निहुँ खोज्छौ ।
अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ । हामी नियमभन्दा बाहिर जाँदैनौँ । नियम–कानून मिच्दैनौँ । हाउभाउ हेर्दा अनियन्त्रित देखिनसक्छ । तर सबै कुरा निन्त्रयणमा छ ।’

उज्यालो खबर