नवलपुर । नवलपुर जिल्लाको प्रशासनिक नेतृत्वमा हेरफेर भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी (सीडीओ) भविश्वर पाण्डेको जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा भएको छ।
गृह मन्त्रालयले यही जेठ १३ र २२ गते गरेको १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापनको निर्णयअनुसार पाण्डेको पाल्पा सरुवा भएको हो।
पाण्डे पाल्पा प्रस्थान गरेसँगै नवलपुरको नयाँ कमान्ड सम्हाल्न सहसचिव जगदिश्वर उपाध्याय आउने हुनुभएको छ। नयाँ सीडीओका रूपमा आउन लाग्नुभएका उपाध्याय यसअघि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारीकै रूपमा कार्यरत हुनुहुन्थ्यो।
गृह मन्त्रालयले स्थानीय प्रशासनलाई थप गतिशील र प्रभावकारी बनाउन देशभरका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेर्ने क्रममा नवलपुरमा पनि नयाँ नेतृत्व पठाएको हो। नवलपुरमा सफल कार्यकाल पूरा गरी पाल्पा जान लाग्नुभएका निवर्तमान सीडीओ पाण्डे र नवआगन्तुक सीडीओ उपाध्याय दुवैले छिट्टै आफ्नो नयाँ कार्यक्षेत्रमा कार्यभार सम्हाल्ने बुझिएको छ।



उज्यालो खबर




