×

नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–९ जयश्रीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र कार एकापसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।

शुक्रबार साँझ करिब ६:४५ बजे नारायणगढबाट भेडाबारीतर्फ जाँदै गरेको लु २ ख १६३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २० च ७४५९ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक देवचुली नगरपालिका–३ निवासी ४० वर्षीय हरि पाठक गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

ट्रक चालक नवलपरासी (पश्चिम) सरावल गाउँपालिका–१ निवासी २५ वर्षीय अमृत चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया